१३ मंसिर २०८३, शनिबार

लाखौं मुल्य बराबरका लत्ताकपडा र पटाका बरामद

एसीपी संवाददाता

२१ कार्तिक २०८०, मंगलवार ०८:०२ मा प्रकाशित

बाँके । सशस्त्र प्रहरी जयसपुर बीओपीले भारतबाट नेपाल भित्रिदै गरेको लाखौं मुल्य बराबरका लत्ताकपडा र पटाका शनिबार बरामद गरेको छ ।

नेपालगंज उप-महानगरपालिका-१६ स्थित इच्छाराम बाबाबाट शुकवार सशस्त्र प्रहरीले करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा पटाका बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँके बोर्डर आउट पोस्ट (बिओपी) जयसपुरले भन्सार छलीका सामान बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीले जानकारी दिए ।

सप्रनि राम बहादुर खत्री कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेको व्यक्तिहरु सामान छोडेर भागेपछि तीसामग्री बरामद गरेको खत्रीले बताए ।  बरामद गरिएका लत्ताकपडा चिनी प्लास्टिक झोला र पटाकाको अंदाजी मूल्य ५ लाख ३३ हजार ५ सय रुपैयाँ रहेको छ । अवैध सामानलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x