१३ मंसिर २०८३, शनिबार

भूकम्पका तीन  जना घाइतेलाई काठमाडौं रिफर

एसीपी संवाददाता

२२ कार्तिक २०८०, बुधबार १९:५१ मा प्रकाशित

भेरी अस्पताल, नेपालगञ्जले भूकम्पका तीन  जना घाइतेलाई काठमाडौं रिफर गरेको छ । भूकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक÷एक जनालाई रिफर गरिएको हो ।

जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ । सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए । तीनै जना विरामीमा किड्नीको समस्या देखिएको छ । उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ । भेरीमा ५३ जना घाइते आएका थिए । त्यसमा तीन जना डिस्चार्ज भएका छन् । १० जना बिरामीको अप्रेसन गरिएको छ सबैजसो खतरामुक्त छन् ।       –यसै बिच जाजरकोटका भुकम्प प्रभावित परिवारको मलमपट्टीका लागि भु.पू. प्रहरी संगठन बांकेको तर्फबाट नगद रु ९१००० ! सहयोग उपलब्ध भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x