१३ मंसिर २०८३, शनिबार

भारतको विशेष सैनिक विमान बाट भूकम्प पीडितका लागि तेस्रो पटक राहत सामाग्री नेपालगन्ज आयो

एसीपी संवाददाता

२३ कार्तिक २०८०, बिहीबार २०:५० मा प्रकाशित

नेपालगन्ज एयरपोर्टमा पहिलो पटक ल्याएको राहत सामाग्री ( भारतिय राजदुत र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री

भारतले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि आपतकालिन राहत सामग्री तेस्रो पटक नेपालगन्ज ल्याएको छ । भारतले विशेष सैनिक विमानबाट भूकम्प पीडितका लागि तेस्रो पटक नेपालगन्ज ल्याएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

तेस्रो खेपमा आएको राहत सामग्री भारतीय दुतावासका प्रथम सचिव नविन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । ‘भारत सरकारले तेस्रो पटक पठाएको आपतकालिन राहत सामग्री विहीवार बेलुका नेपालगन्ज विमानस्थलमा आई पुगेको छ,’ उनले भने, ‘प्राप्त भएको राहत सामग्री बाँके प्रशासनमा जम्मा भएको राहत सामग्री जाजरकोट र रुकुम पश्चिममा विहीवार रातीसम्म पठाउने योजना छ ।’

प्रजिअ पोखरेलका अनुसार भारतले तेस्रो खेपमा २४ थान ठूलो टेन्ट, १२ थान फिटिङ्स टेन्ट, २९ सय थान स्लिपिङ ब्याग, २८ सय थान ब्ल्याङक्ेट, ६० थान सानो खालको टेन्ट, ६० थान फिटिङ्स, सय किलो मेडिकल सप्लाई पठाएको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप पठाएको भारतीय राजदुतावासले जनाएको छ ।
राहत सामग्रीमा ६ सय २५ थान प्लास्टिक टारपोलिन र त्रिपाल छन् ।अनलाइनखोजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x