१३ मंसिर २०८३, शनिबार

आतंककारी लुकेको भन्दै गाजाको विद्यालयमा हमला ५० को मृत्यु

एसीपी संवाददाता

२५ कार्तिक २०८०, शनिबार ०९:३८ मा प्रकाशित

गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्।

‘गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल  आसपासबाट शुक्रबार बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो।  आक्रमणपछि करिब ५० जना मारिएका छन्,’ अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्।

एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x