१३ मंसिर २०८३, शनिबार

राजतन्त्रको मुद्दा थोत्रो भइसक्यो, यसको औचित्य छैन : झलनाथ खनाल

एसीपी संवाददाता

२६ कार्तिक २०८०, आईतवार १०:३४ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको उल्लेख गरे । उनले राहत र पुनःस्थापनाका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

भविष्यमा विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने उनले बताए । राजतन्त्रको मुद्दा थोत्रो भइसकेको र यसको कुनै अर्थ नहुने उनको भनाइ छ । जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने उनको धारणा छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x