१३ मंसिर २०८३, शनिबार

सेनाका पूर्वउपरथी तथा व्यापारीसहित आठजना पक्राउ

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार ०८:१८ मा प्रकाशित

काठमाडौं । ललितपुरमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्वउपरथी तथा व्यापारीसहित आठजना पक्राउ परेका छन् ।

हात्तीवनस्थित क्लासिक टावरको ए ब्लकको छैटौँ तलामा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।

ललितपुर प्रहरीका अनुसार उनीहरूको साथबाट १७ लाख रुपैयाँ बरामद गरिएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x