१३ मंसिर २०८३, शनिबार
बिदाको दिन पनि ११ नम्बर वडामा निरन्तर सरसफाई
श्याम कुमार शाहु नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ ले वडा सरसफाइ अभियान तीब्र पारेको छ । वडाको विभिन्न ठाँउमा रहेको फोहोरलाई व्यवस्थापन गर्न बिदाको दिन पनि निरन्तर सरसफाई अभियानमा निरंतरता दिएको वडा सदस्य राजेश कुमार वैश्य बताएका हुन ।
सरसफाइका सुईपरहरु को साथमा निरन्तर खटेर सरसफाई गराउनुका साथै तिहारका बेला पनि सरसफाइमा कडाई का साथ लाग्न व्यवस्थापन गरेका हुन ।
हाम्रो वडा न.११ को कुनै पनि ठाँउमा फोहोर ब्यवस्थापन नभएमा सिधै वडा सदस्य राजेश कुमार वैश्य मोबाईल न. 9848026268 मा सम्पर्क गर्न समेत सदस्य बैश्यले बताएका हुन । नेपाल उपमहानगरपालिकाले पनि फोहोर ब्यवस्थापन गर्न कडा निर्देशन जारी गरेको हो ।
Subscribe
Login
0 Comments


