पाकिस्तान,चीनको जस्तो हैन् हाम्रो सम्बन्ध
रघुबीर सिंह ठगुन्ना खस
आज भन्दा ५० वर्ष पहिले अर्थात २०२७ सालदेखि दार्चुलाको कालापानी लिम्पियाधुरा र लिपुलेक सम्बन्धि बिवाद बारे धेरै कुरा सुनेको र पत्रपत्रिका र प्रतिबेदनहरुमा अध्यायन त गरेको थिए । आफ्नो गाउदेखि धेरै टाढा र विकटताका कारण त्यहाँ पुग्न भने सकिरहेको थिएन । त्यसैले कुनै प्रतिक्रिया पनि जनाउन सकेको थिएन । आफ्नो मात्रीभुमीमा भारतीय सुरक्षा क्याम्प रहेको छ भन्ने सुन्दा नै आङसिरिङग भईरहन्थ्यो । धेरै प्रयास पछि गत बर्ष तत्कालीन ब्यास गाउँ बिकास समिति र हालको ब्यास गापा को वडा नो १ मा जान पाउने अवसर ब्यास गापा का अध्यक्ष श्री दिलिप सिंह बुढाथोकी जी ले दिनु भएको थियो । नेपाल बाट जान बाटै थिएन । करिव ३ महिमाको अथक प्रयास बाट भारतिय बाटो भएर नै उक्त गाउमा जाने अवसर प्राप्त गरे । चारजनाको टिम मिलाएर २०७६ जेठ १६ गते गन्तव्य तर्फ लागियो । पहिलो दिनको यात्रा घट्टेगाडमा गएर टुङगियाे ।
दाेश्राे दिन बुदी भन्ने ठाउमा रहेको सरकारी अावासमै बसियाे । तेश्राे दिन विहानै जिवन कै लामाे उकाला छयाालेक चढन सुरू गरियाे । पूरा पाच घण्टा लाग्यो । छ्या लेक उक्लिए पछि एउटा सुन्दर स्वर्ग पुगेको अनुभुती भयो । जसरी हाम्रो मुस्ताङको घासा, लेते हुन्दै मार्फा, जोमसोम,कागबेनी हुन्दै मुक्तिनाथ पुग्दा हुन्छ ! छ्या लेक पुगेर एक गिलास कालो चिया पिए पछी ६ घण्टा को उकालो हिडदाको थकाइ चटक्कै बिर्सिएर ब्यास गर्खा नेपाल,भारत दुवै तर्फको मनोरम दृस्य हेर्दा हेर्दै थप ३ घण्टा को बाटो ठाउठाउमा भारतिय सुरक्षा कर्मीहरुका पोस्टहरुमा प्रबेसाज्ञा पत्र देखाउदै नेपाल भारत मैत्री सागु सितापुल पुगेकाे पत्तै भएन । अन्तिम चेक पोइन्ट सितापुलमा चेकीङ भएपछि त्यहाँ रहेको महाकाली नदी माथिकाे काठे सागु तरेर नेपाल पट्टी गागाको बगरमा पुगियो । हाम्रो तिर भने तेतिबेला कुनै चेकीङकाे ब्यवस्था पनि थिएन र सुरक्षा कर्मी पनि पुलमा थिएनन । अपरान्ह ५ बजे गागा पुगेपछि जित प्रधान जी को होटलमा झोलितुम्बा बिसाइयो । जीत जी शीत सामान्य भलाकुसारी र हाम्रो टिम आउनाको कारण र त्यसमा उहाको सहयोग हुनुपर्ने बारे सामान्य कुराकानी भयो ।
अनि त्यो दिन फुल्ली आराम गरियो । भोलि पल्ट बिहानै दुइदुइ जनाको टिम बनायाै अनि विसन जी र अाेसि हरिषकाे टिममा एकजना स्थानीय पोटर समेत तिङकर तिर जाने म र टेक्निकल अफिसर भक्त बहादुर जी दुईजना मात्र गागाा माथि छाङरू गाउँ हुँदै तल्लो कौवा,मल्लो कौवा हुन्दै तथाकथित महाकाली को मुहान भनी नामाङकन गरिएकाे तिल्सी (तुल्सी) खोला सम्म पुग्ने भनि खाना खाएर १०:३० बजे नै हिडयौ । छाङरूगाउका स्थानीय जेष्ठ नागरिक ८३ बर्ष का रतन सिंह बुढाथोकी शीत करिव एकघण्टा त्यहाँ को भुगोल र अवस्था बारे जानकारी लिएर दुवैजना बगरै बगर जँगलै जँगल हिडयाै । करिब चार घण्टा सम्म झाडी बुट्यान र जँगलकाे बाटाे दुईजना मात्र हिडेकाे हिडेइ गरयाे । त्यहाँ नेपाल पट्टि मानव भन्ने कोही थिएनन तर उता महाकाली पारी भारत पट्टि भने ठाउँ ठाउँमा सुरक्षा कर्मिका पोस्ट र सडक निर्माण गर्ने कामदार गाडिहरु र भारी ओसारपसार गरिरहेका खच्चडहरु हिडिरहेका देखिन्थे । आफ्नो मात्री भुमि भारतले मिचेर सुरक्षा कर्मी राखिराखेको र त्यो भन्दा माथिका तीन गाउँ पनि नियन्त्रणमा लिएकोछ भन्ने कुरा सुनेको म जस्तो ५८ बर्ष को देश भक्त छोरालाई झाडी बुट्यान र जँगलले कुनै असर गरेन उताका सुरक्षा कर्मीको पनि कुनै डर हुने कुरो भएन । भने भक्त जी त के डराउनु भरखर ३० बर्षको लख्खा युवा । पूरा चारघण्टा हिड्यौ तर गति भने धिमी थियो बाटो पाएनौ माथी जँगलकाे विचाैविच झाडिबुटयान पन्छ्याउदै हिड्यौ ।
हिडदा हिडदा मल्लो कौवाको पल्लो छेउ पुग्यौ एउटा खहरे भनौ कि हिमखोला भनौ त्यो पार गर्यौ । थोरै हिडेपछी चट्टान सामने आइलाग्यो। त्यही चट्टान पहाड्को धारबाट कालापानी क्याम्प, तिल्सी खोलावारी बनाएको नक्कली महाकाली माताको दर्सन गरेउ र मैले प्राथना गरे हे माता तिमी नक्कली हौ या सक्कली मेरै भुमिमा स्थापना हुदा पनि मैले नै छुन र दर्सन गर्न नपाउने । तिमिनै निसाप गर ! महाकाली सिमानदी हो तिमी र तिम्रा वरिपरिका सुरक्षा कर्मीहरु कस्को भुमीमा बसेका छन ? महाकाली माता शाक्षात शक्तिकी अधिस्टा हौ भनेर नै हामी पुजा गर्छौ अब न्याय निसाब गर्ने काम तिम्रो हातमा, मसित लडनालाइ न त्रिशूल छ न खाेडा छ न अाधुनिक हतियार नै भनी साेच्दा सोच्दै मेरा आखाबाट तरर आँसु झरे ! अनि पुन भने हे माता न्याय गर मेरा पुर्खाले कहिले बिराएनन तेति ठुलो महान भारतको सुरक्षा गर्न रगतको बलि चढाए कै हुन । आज मेरो माटो मिचिएको छ अब म यो माटो लगेर बोल्ने नबोल्ने सबै लाई बुझाउछु भन्दै पाचसरो धुप त्यहीँ नेर जलाएर कालिमाता लाई चढाए र करिब दुइ किलो जती त्यहीनेरको माटो बोकेर फिर्ता भयौ । उदो आउदा भने सरासर आयौ, तीन घण्टा मै छाङरू गाउ पुग्यौ । त्यहाँ का जेष्ठ नागरिक श्री रतन ऐतवाल ज्यु लाई फेरि भेट्यौ र एक एक गिलास कालो चिया उहा कै घरमा पिएर गागा फिर्ता भयौ ।

देशमा भोकतन्त्रको मात्र अनुभव
त्यो रात भरी सितिमिति निन्द्रा लागेन मनमा अनेक कुरा खेलिरहे । भोलिपल्ट बिहानै अरु सबै साथिहरुलाइ गागा पुल सर्वे गर्ने काममा खटाएर म पुन एक्लै सीता तरेर पारी भारत पट्टि गए त्यो दिन पूरा चार घण्टा उतापट्टी बिताएर बेलुका चार बजे फेरि गागा जित जी को होटल मै फर्किए । मेरो काम फिफ्टी प्रसेन्ट मात्र भयो अनि भोलिपल्ट जितजी द्वारा नै सुटुक्क गराइदिन अनुरोध गरे थप तीन दिन कुर्नुपर्यो । कुटी अर्थात लिपिया धुरा साइडको माटो प्राप्त गर्न, त्यति गर्दा सात दिन बित्यो अनि त्यहाको सबै काम गरि सकेर पुन उतैको बाटो खलंगा फिर्ता भयौ आउदा भने दुई दिन मै दार्चुला खलंगा पुग्यौ ।
दार्चुला पुगेको एक साता के भएको थियो सत्तारुढ दल नेकपा का नेता पुर्व पुअप्रधान एवं रक्षामन्त्री भिम रावल, पुर्व मन्त्री लेखराज भट्ट, दार्चुलाका सान्सद गणेश ठगुन्ना र प्रदेश सान्सस गेल्बु बोहरा र मान बहादुर धामी समेत दार्चुला बिकास सँगठनकाे हलमा पार्टीको कार्यक्रम गर्दैछन भन्ने सुन्यौ र त्यही गएर सुरुमा आफ्नै प्रदेशका सम्मानित नेता तथा पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ज्युलाइ खसानको भुगोल मिचिएकोछ । माटो मिचिएको छ बचाइदिन पहल गर्नु भनी भिम रावल ज्युलाइ नै दिने योजना बनायौ र जिल्लाका नौ वटै स्थानीय तहहरुको प्रतिनिधित्व हुने गरि नौ जनाको समूह बनेर रावल जी को कार्यक्रम स्थलमा गयौ उहाँ का कार्यकर्ता र पत्रकार मार्फत भित्र खबर पठायौ । करिब चारघन्टा बाहिर कुर्दा कुर्दा पर्खिनु भन्ने मात्र जवाफ आइ रहने भएपछि अपरान्ह १५:३० बजेतिर भित्र नै घुसेर दिने उदेश्यले गेटमै पुग्यौ रोक्ने प्रयास भएपछि हल्ला भो भित्र बाट प्रदेश सान्सद मान बहादुर धामी आएर तपाइँहरु त्यो छेउमा कुर्नुस भन्नू भो र हामिले चार घन्टा कुरिसक्यौ कतिकुर्ने भनेको सुनेछन क्यारे पुर्व मन्त्री लेखराज भट्ट आउनु भो लगत्तै रावल जी पनि आएर सहर्ष हाम्रो ग्यापन पत्र र दुई पोका कालापानी र लिपियाधुराको माटो बुझेर भित्र छिर्न लाग्नु भो हामीले मानेनौ पधेर सुनाउछौ र तपाइले एउटा सवालको जवाफ पनि दार्चुला बासिलाइ दिनुपर्छ भनेपछि मान्नुभो ग्यपन पत्र फिर्ता मागेर पढेर सुनायौ । र हामी जिल्ला बासिको एउटा सवाल हाम्रो खलंगा तिङकर सडक काे वजेट तपाईं मन्त्री भएको बेला डाइभर्ट गरेर सेतिलोकमार्गमा सारेको कारण हाम्रो सडक निर्माण कार्य ढिलो भएको हो भन्ने कुरा सुनेका छौ के हो र किन त्यसो गर्नुभएको भन्दा उहाको पारो चढ्यो र भित्रबाट माइक झिकाएर जवाफ दिन थाल्नु भो मैले त्यसो गरेको होइन केन्द्र बाटनै बढाएको हो बरु यो सडकमा काम गर्ने ठेकेदार र यश जिल्लाका नेताहरुको मिलेमतोमा के के गरे कतिका घरजग्गा को जोहो भयो त्यो हेर्नुस् भन्दा उहाँ का वरिपरि का धुपौरे र बाहिर रमिते हरुका अनुहार हेर्न लाएकका भएका थिए ।
त्यस पछि माटो बचाइ दिनकालागी केन्द्रमा सिमाविद बुद्धि नारायण श्रेष्ठ , चेतेन्द्र जङग हिमाली,प्रधानमन्त्री, रास्ट्रपति, भारतीय राजदुतावास, बृटिस दुताबास, UN office अादीलाई खसान राष्ट्रिय सँघर्श समितिका केन्द्रिय अध्यक्ष प्रेम बहादुर खाती ज्यु को पहलमा ,पहिचान बादी नेता कुमार लिङदेन मिराक, नेवा नेता डा. मोहनमान सैजु, बिस्लेसक भिम बर्मा ज्यु खोकना बचाउ अभियान का अभियन्ता असोज महर्जन, राजेन्द्र श्रेष्ठ , कृष्ण भायो, कैलाली का नवराज धानुकज्यु हरु समेतको सहयोग लिइयो । ace र इन्डिजेनिस टिवि र चार वटा अनलाइन टिविहरु बाट खसान को माटो मिचिएको खबर समेत सन्चार गर्ने अवसर दिलाए ।
त्यस पछि अन्त्यमा गत बर्ष २०७६ माघ २४ गते कैलालीको टेघरी ब्यारेकमा भएको एक कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापती पुर्ण चन्द्र थापाज्यु लाई हामी दार्चुला बासी भुपु सैनिकका तर्फबाट २१ जनाले हस्ताक्षर गरेर ज्ञापन पत्र सहित दुवै स्थानको माटो बचाइ दिन भनी उहाँको हातमा पनि थमाएका थियौ । उहाँ लाई भने तपाईं खसको छोरा हो । भिमशेन, अमर सिंह, भक्ती थापा र काजी कालुपाण्डे, जङ्ग बहादुर राणाहरुले बचाएको खसानको माटो बअचाइदिन केही गर्नुस सम्म भनेका थियौ ।
गुठिबिधेयक बिरोध को आन्दोलनमा तीस हजार नेवा अभियन्ता हरुले कालापानी लिपियाधुराको माटोको टीका लगाएर देशको सिमारक्षार्थ सदा मात्मसाथ गर्ने बाचागरेका छन । सम्बत २०३१ सालमा दार्चुलाका माननीय बहादुर सिंह ऐतवाल देखि माननीय प्रेम सिह धामी, ऋषि राज लुम्सालीको अध्यक्षतामा बनेको आयोगका पदाधिकारी , एमाले, काङ्ग्रेस पार्टी हरुको समेत अहम भुमिका रहेको छ बहने हाल केन्द्र र प्रदेश सभामा रहेका यश जिल्लाका माननीय सान्सद हरु यी घटनाक्रमहरु प्रती कति जागरुक र जानकार छन उनिहरु स्वयम् र यश जिल्लाका सचेत जनता जानुन ।
यति भै सकेपछि हाल नेपाल सरकारले एक्सन लिएको छ गागामा शसस्त्र प्रहरी को गुल्म स्थापना हुनु, ब्यास पुग्ने सडक सेना द्वारा खुलाइनु , अझ तिङकर र मल्लो कौवामा BOP स्थापना को पहल हुनु उक्त क्षेत्र हाम्रो हो भनी नक्सा जारी गर्नु प्रशँसनीय र स्वागत योग्य काम हो । अब सरकारले ब्यास गर्खामा बसोबास गर्ने सौका जातिलाइ राज्यको मुलप्रवाहमा प्रवाहित गराउने खालका कार्यहरु गर्नु पर्छ । जस्तै उक्त गर्खालाइ बिशेष स्वायत्त क्षेत्र घाेषणा गरि त्यहाका जनताको जन जिबिकाको लागि बिशेष कार्यक्रम ल्याउनु, नेपाली नागरिकता दिनु उनिहरुको नाममा नापि हुन बाकी ब्यास गर्खा,खलंगा र धुलिगडाको खेडामा रहेको जग्गा नापी लालपुर्जा उपलब्ध गराइदिने काम गर्नु पर्छ ।
कालापानी लिपियाधुराको भारत नेपाल सिमा विवादकाे चुराे कुराेकाे हकमा ब्यासिहरु चौमास अर्थात चैत्र बैशाख देखि असाेज सम्म ब्यासमा र असोज कार्तिक देखि चैत्र सम्म खलंगा र नौगाड गापा ६ धुलेगडा अर्थात तत्कालीन धुलिगडा पन्चायतमा बस्दथे । धुलिगडा पन्चायतमा १५ बर्ष सम्म प्रधान पन्च को पदमा बसेका दर्पान सिंह बुढाथोकी हाल गुन्जिमा बसेका छन । भने उप प्रधानपन्चहरु झिर्का बुढाथोकी,बहादुर बुढाथोकी हरु हाल कुटी,गुन्जी र नाभिमा बसेका छन । प्रधान पन्च दर्पान बुढाथोकी ज्युको त अहिले पनि धुलिगडामा लालपुर्जा वाला जग्गा छ । गुन्जी बस्नेको गुन्ज्याल खेडो, नाभि बस्ने को नब्याल खेडो, कुटिबस्नेको कुट्याल खेडो,टिङकर बस्नेको टिङकरी खेडाे नामकाे स्थान अहिलेसम्म धेरै ठाउँ धुलिगडा नौगाड गापामा र केही हिस्सा देथला अर्थात शैल्यशिखर नगर पालिकामा छ भन्ने कुरा हाल नौगाड गापा ६ धुलिगडा का वार्ड अध्यक्ष गोरे धामी ज्युले नै भन्नु हुन्छ । नेपाल भारत सरकार को हकमा १०५० को मैत्री सन्धि हुन्दा सम्म कालीनदी नै सिमाना हो प्रस्टै छ । जब २०५३ मा महाकाली सन्धि गरे त्यसपछि उक्त सन्धि कै समर्थन कर्ता एमाले पार्टी त्यसकै कारण फुट्यो र फुटेर जाने घटकका नेता कार्यकर्ता नै महाकाली सन्धि धोका हो भन्थे । अहिले नाम फेरेर त्यही पार्टी को करिब दुई तिहाइ को सरकार छ । उता २०५३ को महाकाली सन्धि पछि नै धुलिगडाको जग्गा कौडिको भाउमा बेच्दै कुट्याल, गुन्ज्याल र नब्याल हरु उतै बस्न थाले के के भयो सबै जानकारहरु सत्ता र प्रतिपक्षमा छन ।
हाम्रो आग्रह हो `नेपाल-भारत´ सम्बन्ध `भारत-पाक´को जस्तो होइन `भारत- चीन´को जस्तो पनि होइन दुबै देशका शासकहरु एक ठाउमा बसेर समाधान निकालुन हामी सिमानामा बस्ने जनतालाइ दुख नदिउन हाम्रा जनताको त रोजी रोटी को सम्बन्ध छ । दार्चुला काठमाडौ देखि १२०० सय र दिल्ली देखि करिव ५५० किलोमीटर को दुरीमा छ । राेजगारि, शिक्षा स्वास्थ्य उपचा आदीकामकाे लागि उतै नगई हुदैन । त्यसैले समाधान खोजियोस आलटाल भारतले पनि नगरोस । आफूभन्दा २२गुणा सानाे १३५ कराेड काे दाजाेमा ३ कराेड जनसंख्या भएकाे १४.३५ लाखकाे तुलनामा जम्मा एकलाख सेना भएकाे रोटी बेटीको सम्बन्ध भएको असल छिमेकी देशको ३७२ हेक्टर अर्थात एउटा रुमाल को टालो जत्रो जमिन च्यापेर भारत महान हुदैन । के कस्तो गरेर हुन्छ समाधान हुनुपर्छ । पहरानेपालबाट



