१६ बैशाख २०८३, बुधबार

त्रिभुवन विमानस्थलका सरसफाई सुपरभाइजर सुन बरामद प्रकरणमा पक्राउ

एसीपी संवाददाता

२९ मंसिर २०८०, शुक्रबार ०९:४८ मा प्रकाशित

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाई सुपरभाइजर १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा  पक्राउ परेका छन् ।

गत २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । सोही प्रकरणमा आज मीनबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

विमानबाट ओर्लिँदै गर्दा पक्राउ परेका चन्द्र घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।

चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । भित्री ज्याकेटमा सुन लुकाएर चन्द्र ‘निर्धक्क’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धान निष्कर्ष छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x