नेपालगन्जमा एउटा नयाँ सेलुन सञ्चालनमा
धेरै व्यवसाय धरासायी हुँदै गएको अवस्था र सीप सिक्दै प्राय: युवा विदेश पलायन हुने बढ्दो चलनका बिच नेपालगन्जमा फेरी एउटा नयाँ सेलुन सञ्चालनमा आएको छ ।
बागेश्वरी मन्दिर नजिक रहेको मिनी मार्केटमा व्युटि एण्ड सेलुन मेकअप ट्रेनिङ सेन्टर आजबाट सञ्चालनमा आएको हो ।
मिस नेपालगन्ज २०१५ सुमन थापाले रिबन काटेर उक्त सेलुनको उद्घाटन गरेकी हुन् जहाँ थ्रेडीङ्ग , फेसियल , वाक्स , सिम्पल मेकअप , हेवी मेकअप , ब्राईडल मेकअपका साथै अन्य सबै पार्टी मेकअपका कामहरु गरिने संचालक शहिना हलवाईले बताएकी छिन् ।
मेकअपका लागी मात्र नभई त्यहाँ मेकअप सम्बन्धी सम्पुर्ण ट्रेनिङ्ग समेत दिईने उनले जानकारी दिएकी छिन् । आफ्नो नयाँ सेलुन तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको अर्को उद्देश्य भनेको सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर र सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु पनि रहेको हलवाईको भनाई छ ।
सेलुनको उद्घाटन गर्दै यसरी युवाहरू आफ्नै देशमा रहेर कार्य गर्नु खुशीको कुरा भएको र सबैले यसरी खोलिएका नयाँ व्यवसायलाई साथ र सहयोग गर्यो भने अन्य युवालाई पनि आफ्नै ठाउँमा केही नयाँ गरौं भन्ने हौसला र प्रोत्साहन मिल्ने मिस नेपालगन्ज सुमन थापाले विचार व्यक्त गरेकी छिन् ।


