१७ मंसिर २०८०, आईतवार

अबैध ४ सय ब्रोईलर कुखुरा सहित पक्राउ

एसीपी संवाददाता

५ फाल्गुन २०७६, सोमबार ११:३७ मा प्रकाशित

बर्दिया फागुन ५ गते । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली गरी ल्याएका ४ सय पिस ब्रोईलर कुखुरा सहित दुइ जनालाइ पक्राउ गरेको छ । बासगढी न.पा. वडा न. ९ बस्ने २९ बर्षिय भक्त बहादुर शाही र २६ बर्षिय रमेश शाहीले गाडीमा बिना क्वारेन्टाईन बोईलर कुखुरा ४ सय पिस अबैध रुपमा जिल्ला भन्दा बाहिर लैजान लागेको प्यान बिलबाट देखिएको हुँदा बासगढी बाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो । आइतवार राति १० बजेको समयमा सुर्खेत भेरीगंगा गा.पा.वडा न. १० बस्ने बर्ष ३० को नबिन कार्कीले चलाएको ना.३ च. ९४०३ न. को गाडीमा बिना क्वारेन्टाईन बोईलर कुखुरा ४सय पिस सहित प्रहरीले पक्राउ गरेको हो । अन्दाजी मुल्य रु २ लाख १४ हजार पर्ने कुखुरा आजै पशु क्वारेन्टाईन कार्यालय गुलरिया बर्दिया पठाईएको खड्काले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x