१० माघ २०८२, शुक्रबार
अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब

लोकतन्त्रका निम्ति घातक दुई वटै अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब दिन आज बैशाख १२ गते बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थल हरुमा “साङ्केतिक बिरोध प्रदर्शन” को निम्ति नेबिसंघ आव्हान अनुसार कंचनपुरको जिल्लाको महेन्द्रनगर चम्मन चोक स्थित मुल सडकमा प्रदर्शन भएकाे छ । काङ्ग्रेस कंचनपुरका नेता दिलेन्द्र रावल सहित नेबि.संघका ४ जना मात्र जम्मा भएर, सामाजिक दूरी कायम राख्दै, लकडाउनका सबै नियमको पालना गर्दै २० मिनेट सम्म हातमा प्लेकार्ड तथा कालो झन्डा बोकी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गरेकाे जनाए। यसै बीच आज नेपाल सरकार दुबै अध्यादेश फिर्ता लिएको भने प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेशले सासद डा. यादवलाई अपहरण गर्ने शैलि ल्याएके भन्दै दोषी माथी छानबिन हुनु पर्ने बताउदै आएको छ ।
Subscribe
Login
0 Comments



