साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने

चैत २ । विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाएका थिए ।
पछिल्लो तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमणबाट भारतमा २ जनाले ज्यान गुमाइसकेका छन् ।सभार उज्यालो टाइम