६ कार्तिक २०८१, मंगलवार

नगरपालिकालाई नेकपाको ज्ञापनपत्र

एसीपी संवाददाता

२ चैत्र २०७६, आईतवार १४:१३ मा प्रकाशित

कपिलवस्तु, २ चैत
नेकपा महाराजगंज नगर कमीटी कपिलवस्तुले महाराजगंज नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउदै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखका नाममा रहेको ज्ञापनपत्र नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष बिजय प्रकाश जयसवाल नेतृत्वको टोलीले नगर प्रमुखको अनुपस्थितीका कारण लेखा अधिकृत दिलिप कुमार सिंहलाई बुझाएको हो । बुझाईएको ज्ञापनपत्रमा नगरपालिकाका सुधार गर्नु पर्ने १२ वटा बुदा उल्लेख गरि सो बुदाँमा सुधार नगरीए कार्यालयमा तालाबन्दी लगायतका प्रजातान्त्रिक आन्दोदनका कार्य गरिने चेतावनी दिईएको छ । नेकपा नगर कमिटीले दिएको ज्ञापनपत्रको बुदाँहरुमा सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता हाल सम्म बितरण नगरिएको, शिक्षा ऐन स्वऐच्छाचारी ढंगले पारित गराईएको, वडा नम्बर १ को सडक निर्माण नभएको तर सोही सडकको गत आवको १ करोड फ्रिज भएको, उपभोक्ता समिती गठन पारदर्शि नभएको, दलगत भावनाबाट प्रेरित भई सेवा प्रवाह गरिएको, छनौट गरिउका योजना असन्तुलित रहेको, नगरमा सर्वदलिय बैठक तथा समन्वय नगरिएको, कार्यकर्ताका लागी बितरणमुखी बजेट बिनीयोजन गरिएको, नगरको एउटा मात्रै क्याम्पस भए पनि पालिका उदासिन रहेको र लामो समय प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित हुदाँ कार्यलयको कार्य अबरुद्ध भएको लगायत छन । ज्ञापनपत्रको बोधार्थ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x