१७ मंसिर २०८०, आईतवार

कोरोना भाईरस विरुद्ध पुर्व तयारीका साथ टास्कफोर्स गठन

एसीपी संवाददाता

५ चैत्र २०७६, बुधबार ०३:०२ मा प्रकाशित

चैत ५ नेपालगन्ज । बिश्वव्यापी फैलिएको कोरोना भाईरस विरुद्ध पुर्व तयारीका साथम बाँकेमा टास्कफोर्स गठन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति , प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।
कोरोना भाईरस विरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोष आवश्यक पर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । कोरोना रोकथामका लागि नेपालगन्जका विभिन्न ठाँउमा हेल्प डेस्क समेत राखीएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x