अब रुपैडिहा र नेपालगञ्ज आउन जान पैदल यात्रा

नन्दलाल साहू,नेपालगञ्ज, चैत्र ५ (बुधवार), नेपालगञ्जको जमुनहा नाका तथा भारतको रुपैडिहा नाकाबाट अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन आवात—जावत गर्न रोक लगाइएको छ ।
सवारी साधनमा रोक लगाउ“दा जमुनाहा नाकाबाट यात्रुहरु पैदल मात्र आवत जावत गरिरहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सवारी साधनलाई नेपालगञ्ज उपमहानगरपालिका चौलिक्का चौकबाट जान रोक लगाएका छन् ।
भारतको रुपैडिहा नाका भएर भारत जान चाहने यात्रुहरुले चौलिक्का चौकबाट भारतको रुपैडिहाको एसएसबी चेकपोष्टसम्म पैदलमात्र जान पाएका छन् ।
कोरोना भाईरस विरुद्ध सजगता अपनाउनको लागि नेपालगञ्जको जमुनहा नाकामा सशस्त्र प्रहरी बल नेपाल र नेपालगञ्ज उपमहानगरपालिकाले हेल्प डेक्स सञ्चालन गरेको छ ।
भारतबाट नेपाल आउने प्रत्येक व्यक्तिलाई चेक जा“च गरि मात्र नेपाल प्रवेश गर्न दिइएको कुरा नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालनमा ल्याएको हेल्प डेस्कका स्वास्थ्यकर्मी पवनकुमार वर्माले बताएका छन् ।
बिहान ७ बजेदेखि ३ जना स्वास्थ्यकर्मीको टोलीले प्रत्येक व्यक्तिलाई चेक गरी मात्र नेपाल प्रवेश दिने गरेका छन् । बिहान ७ बजेदेखि बिहान १० बजेसम्म १ हजार ३ सय ६५ जनाको चेकजा“च गरिएको कुरा स्वस्थ्यकर्मी शरण शाहीले जानकारी दिएका छन् ।
नेपाल आउने प्रत्येक व्यक्तिलाई कडाईका साथ चेक जा“च गरिएको कुरा अर्का स्वास्थ्यर्की भागीराम चौधरीले बताएका छन् ।
हाल कोरोना भाइरस सम्बन्धी चेक जा“च गर्नको लागि भारतको एसएसबी क्याम्पमा पनि नेपालबाट भारत जाने यात्रुहरुको लागि हेल्प डेक्स सञ्चालनमा रहेको छ ।
सी समवाय ४२ वी बाहिनी सशस्त्र सीमा बल रुपैडिहा (उत्तर—प्रदेश)को सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मीको टोलीले नेपालगञ्जको जमुनहा नाका भएर भारत जाने प्रत्येक नागरिकलाई चेकजा“च गरि मात्र जान दिएको कुरा स्वाथ्यकर्मी टोलीका इन्चार्ज डा. एस.के. गुप्ताले बताएका छन् । बिहान ६ बजेदेखि सञ्चालनमा आएको स्वास्थ्य हेल्प डेस्कमा ४ सय ५० जनाको चेकजा“च गरिएको कुरा डा. एस.के. गुप्ताले बताएका छन् ।
भारतबाट नेपाल आउन तथा नेपालबाट भारत जान अब यात्रुले कम्तीमा ३ किलोमिटर पैदल हिंड्नु परिरहेको छ । भारत र नेपालस“ग रोटी बेटीका सम्बन्ध रहेको छ ।
भारतबाट नेपाल र नेपालबाट भारत आउने जाने व्यक्तिहरुलाई दुःख भएको कुरा स्थानीयहरूले बताएका छन् । चेक जा“च गर्नु राम्रो हो तर ३ किलोमिटरसम्म पैदल यात्रा गराउनु ठीक होइन्, यात्रुहरुको गुनासो रहेको छ ।
साइकललाई पनि कडाई गरिएकोले नेपालको दशगजा सिमास्तम्भ ६५१÷८ (३०÷८) नजिकै एकजना साइकल यात्रु नेपाल प्रवेश गर्न नपाएर चिन्तित मुद्रामा सडकमै बसिरहेका भेटिए । उहा“लाई प्रश्न गर्न खोज्दा निराशाजनक अनुहार लिएर केही बोल्न चाहेनन् ।
बा“के र बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नाकामा भीडभाड कम गर्न हेतुले हिजो लिनुभएको निर्णय अनुसार सवारी साधनमा रोक लगाइएको छ ।
भारत नेपाल सीमा नाकामा बुधवार बिहान देखिएका दृश्यहरुः