कोरोना प्रभाव : मस्जिदहरुमा नमाज पढ्न बन्देज, अस्थाई रूपमा सबै सरकारी तथा गैर सरकारी कामकाज बन्द
अरशद शेष राई / साउदी
कोरोना वायरसले महामारीको रूप लिएपछि सऊदी अरबियाले सतर्कता अपनाउदै अस्थाई रूपमा सबै सरकारी तथा गैर सरकारी कामकाज बन्द गरेको छ भने मस्जिदहरुमा नमाज पढ्न पनि रोक्का गरेको छ ।
साउदी अरबियाले कोरोना वायरसलाई आफ्नो देशमा अझै फैलिन नदिनको लागि सरकारी कार्यालय तथा स्कुलहरुलाई अस्थाई रुपमा दुई सप्ताहको लागि बन्द गरेको छ भने मस्जिदहरुमा पनि नमाज पढ्नमा रोक लगाएको हो ।
कोरोना वायरसको बिरामीको संख्यामा लगातार बृद्धि भएपछि साउदी सरकारले कोरोना वायरसलाई रोक्नका लागि मस्जिदमा पनि भिडभाड हुने भएकोले मस्जिदमा मत्रै अजान हुने तर नमाज आफ्नै बसेको ठाँउमा पढ्नका लागि सबै संगअनुरोध गरेको छ । 
कोरोना वायरसको प्रभावको कारणले गर्दा सरकारले पहिले नै मुस्लिमहरुको पबित्र तिर्थ स्थल मक्कामा रहेको मस्जिदे हराम मक्का मुकरर्मामा उमराह गर्न ल तथा मदिनामा रहेको मस्जिदे नब्बीमा हजरत मोहम्मद मुस्तफा स.अ. वसल्लमको कबर मुबारक (रौजा)को दर्शन गर्ने र प्रथान गर्नु पहिने नै बन्द गरेको थियो ।
साउदी सरकारले सरकारी कामकाज रोकनु भन्दा पहिने नै मोल, रेस्टुरेन्ट तथा धेरै भिडभाड हुने ठाँउहरु जस्तै स्कुल, पार्क, सिनेमा घर, समुन्द्र तट, काँफी पसल, उद्यान तथा सामान किन्ने मानिसहरुको धेरै भिडभाड हुने पसलहरुलाई पनि बन्द गरेको छ भने मात्रै फार्मेसी तथा हाईपर मार्केट जस्तो फार्मेसी तथा खाद्य आपूर्ति गर्ने कम्पनीलाई खुल्ला राखेको छ । स्मरण रहोस् कि आफ्नो ग्राहकहरुद्वार उपयोग गरिसकेपछि किनमेल कार्टलाई निष्करिय गर्न भनिएको छ ।
चीनबाट सुरु भई बिश्वको विभिन्न देशहरुमा कोरोना वायरस नामक संक्रमणले महामारीको रुपलिएपछि साउदी सरकारले आफ्नो देशमा बृद्धि हुन नदिनका लागि सुरक्षाको मध्य नजर गर्दे सर्वाजनिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पनि १६ दिनको लागि घरमै रहनको लागि आदेश दिएको छ। तर स्वास्थ्य, सुरक्षा, सेना, पुलिस जस्ता क्षेत्रमा काम गर्ने मानिसहरुलाई कार्यस्थलमा जान रोक लगाएको छैन ।
साउदी अरबले कम्पनीबाट आफ्नो आगमनपछि १४ दिन सम्मको लागि प्रवासी कामदार मजदुरहरुलाई छोड़ने अनुरोध गरेको छ । वायरसको खतरालाई ध्यान रख्दै किंग्ड्मले पार्क तथा समुन्द्र तटमा आउने मानिसहरू माथि प्रतिबन्ध लगाएको छ ।
रविवार स्वास्थ्य मंत्रालयले चार मुख्य क्षेत्रका जनताको सहयोगको लागि स्वास्थ्य मंत्री तौफीक अल-रबियाको एउटा विडियो पोस्ट गर्यो जसमा कोरोना वायरसको प्रसारलाई नियन्त्रण गर्नमा मिलेको जानकारी दिनु भएको छ ।
जति बेला साउदी अरबियाले नयाँ १५ जनामा कोरोनाको बारेमा घोषणा गरेको थियो त्यति बेला उपाय संख्या ११८ सम्मा लगिएको थिए । जसमा एक जना फिलिपिन र एक जना इंडोनेशियाई मानिस सामिल थिए जुन साउदी अरेबियाको राजधानी रियाद शहरमा बसेका थिए । त्यसै गरि एक जना स्पेनी नागरिक र दुई जना महिला नागरिक जुन ब्रिटेन र स्पेनबाट साउदी शहरमा फिर्ता आएका थिए ।
कोरोना वायरसको प्रभावको कारणले गर्दा सधै जसो भरिभराउ हुने साउदी अरबियाको शहरहरु दिनभरी सुनसान देखिन्छ ।



