१७ मंसिर २०८०, आईतवार

इतिहासमा पहिलो पटक जुमाको नमाज पढ्नबाट बंचित : कुनै वायरससंग डराँदिन मात्र अल्लाहसंग डराउँछु रिस पोखे

एसीपी संवाददाता

७ चैत्र २०७६, शुक्रबार १२:४७ मा प्रकाशित

अरशद शेष राई – साउदी,

साउदी अरेबियाको इतिहासमा पहिलो पटक इस्लाम धर्मवालम्बिहरुले साताको एक दिन शुक्रबार मात्र मस्जिदमा हुने जुमाको नमाज पढ्नबाट बंचित भएका छन ।

साउदी सरकारले कोरोना वायरसको जोखिम न्यूनीकरण गर्नका लागि शुक्रवार देशैभरीका मस्जिदहरुमा जुमाको नमाज पढ्नमा रोक लगाएपछि इस्लाम धर्मवालम्बिहरुले शुक्रबार जुमाको नमाज पढ्नबाट बंचित भएका हुन ।

साउदी अरबको मक्का मदिना जस्तो ठाउँमा पनि शुक्रबारको दिन जुमाको नमाज पढ्नुबाट बंचित हुनु धेरै दुर्भाग्यको कुरा भएको मनिसहरुले दुख व्यक्त गरेको छन ।

जुमाको नमाज पढ्नुबाट बंचित भएपछि एक जनाले भने मुस्लिमको अर्थ हो पूरा मुकम्मल इमान हुनु तर अहिले अल्लाहलाई त मान्छन तर विश्वास छ जस्तो देखिएको छैन । सरकारले मस्जिद जस्तो पबित्र ठाउँलाई पनि बन्द गरिएको छ विश्वास भएको भय मस्जिद जस्तो पबित्र ठाउँ बन्द हुने थिएन । जे गरे पनि अल्लाहले नै गर्छन अल्लाहले नचाँहेसम्म कुनै वायरसले मलाई केही गर्न सक्दिन् हामी मुस्लिम हौ कुनै वायरससंग डराउने छैन मात्र अल्लाहसंग डराउन्छु रिस पोखे ।

साउदी अरेबियाको मंत्रालयले बिहीबार नै मक्का र मदिना शहरमा रहेको दुई पबित्र स्थल मस्जिदे हराम र मस्जिदे नब्वीको कम्पाउड बाहिर हुने नमाज माथि पनि प्रतिबन्ध लगाएको छ ।

दुई दिन अघि नै साउदी सरकारले पाँच टाईमको मस्जिदहरुमा नमाज पढ्नमा प्रतिबन्ध लगाएको थियोे भने अब साताको एक दिन मात्र मस्जिदमा हुने शुक्रबारको दिन जुमाको नमाज माथि पनि प्रतिबन्ध लगाएको हो ।

साउदी अरेबियाले मस्जिदहरुमा नमाज पढ्नमा रोक लगाउनुको मुख्य कारण कोरोना वायरसको प्रसारलाई नियंत्रित गर्नु रहेको बताएको छ । साउदी सरकारले अस्थाई निलंबन गरेको प्रतिबन्ध शुक्रबारबाट लागू भएको छ । यसको मुख्य कारण कोरोना वायरसको महामारीको सामना गर्नु नै हो ।

साउदी अरेबियाको प्राधिकरण, सुरक्षा र स्वास्थ्य जस्ता एजेन्सीहरुले सावधानी तथा रोगको निवारक उपायको तहत शुक्रबारबाट मदिना शहरमा रहेको ग्रैंड मस्जिद र मदीनामा रहेको पैगंबर मोहम्म्द स. अ. वासल्लमको मस्जिदे नब्वीको बाहिरी प्रांगणमा मानिसहरुको उपस्थिति र नमाजलाई रोकने फैसला गरेको छ ।

ग्रैंड मस्जिद र पैगंबर मोहम्म्द स. अ. वासल्लमको मस्जिदे नब्वीको जनरल प्रेसीडेंसीले नमाज पढ्नेहरु बीच कोरोना वायरसको प्रसारलाई रोकेर पबित्र मस्जिदहरुको तिर्थ यात्रीहरुको स्वास्थ्य र सुरक्षाको लागि सबै सावधानी उपायको साथै सहयोग गर्नको लागि सबैमा अह्वान गरिएको छ ।

सऊदी अरेबियाको सरकारले आज शुक्रवार देखि १४ दिन सम्मको लागि राज्यको सबै घरेलु उड़ान, बस, टैक्सी र मैट्रो ट्रेन इत्यादीलाई निलंबित गरेको छ । सरकारले यति ठुलो कदम उठाउनुको मुख्य कारण हो कोरोना वायरस जसले गर्दा ज्यान लिने महामारी वायरसले विश्व जगतमा आफ्नो तहलका मच्चाई रहेको छ ।

हाल सम्म साउदी अरेबियामा कोरोना वायरसबाट संक्रमितहरुको संख्या २३८ पुगेको छ । जसलाई रोक्न साउदी सरकारले हर सम्भव प्रयास गरिरहेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x