६ कार्तिक २०८१, मंगलवार

कोरोना भाइरस संक्रमण फैलाएको भन्दैअष्ट्रेलियामा दुई चिनियाँ विद्यार्थीमाथी आक्रमण

एसीपी संवाददाता

९ चैत्र २०७६, आईतवार ०८:१३ मा प्रकाशित

कोरोना भाइरस संक्रमण फैलाएको भन्दैअष्ट्रेलियामा दुई चिनियाँ विद्यार्थीमाथी आक्रमण भएको छ । हबर्टस्थित तास्मानिया विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलार्ई स्थानिय सुपरमार्केटमा आक्रमण भएको मेलबर्नस्थित चिनियाँ वाणिज्य दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार आक्रमणमा परेका एक विद्यार्थीको अनुहारमा मुक्का प्रहार गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले बेस्सरी चिच्याउदै कोरोना भाइरस फैलाइस आफ्नै देश फर्कि भन्दै विद्यार्थीलार्ई मुक्का प्रहार गरेका थिए ।
अहिले दुबै जना युवतीको अवस्था सामान्य छ । आक्रमणपछि विद्यार्थीहरुले सुरक्षाको माग गरेका छन् । चीनमा कोरोना भाइरस संक्रमण भए यता चिनियाँ नागरिकलाई विश्वका विभिन्न स्थानमा भेदभावपूर्ण व्यवहार भइरहेको भन्ने समाचारहरु आइरहेका छन् । आक्रमणकारीलाई प्रक्राउ गरेको अष्ट्रेलियाको प्रहरीले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x