६ कार्तिक २०८१, मंगलवार

भैरहवामा कोरोनाको चेकजाँच तथा स्वास्थ्य परिक्षण

एसीपी संवाददाता

७ चैत्र २०७६, शुक्रबार १७:४५ मा प्रकाशित

भैरहवा ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना सम्बन्धी भैरहवामा चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।
मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको बुद्धचोक नजिकै रहेको संगम पेट्रोल पम्पको उत्तर तर्फ अस्थाई शिविर क्याम्प बनाएर चेक जाँच सुरु गरिएको हो ।

चैत्र मसान्तसम्म चल्ने उक्तमा शिविर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म स्वास्थ्य चेक जाँच कोरोना भाइरसबारे जनचेतना तथा वृद्धहरूलाई मास्क वितरण, सुगर परिक्षण र सेनिटाइजर हातमा लगाई अभियान सुरु गरिएको मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको सुगर तथा ज्वरो नापेर शिविरको औपचारिक शुरुवात भएको बास रुपन्देहीकी बिजया खत्रीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको कार्य सराहनीय रहेको बताउनुभयो । साथै उहाँले सम्पूर्ण आमनागरिकलाई यस भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x