१४ मंसिर २०८०, बिहीबार

कोरोना विरुद्ध मुस्लिम धर्मगुरुलाई ,कोरोना भाइरस (कोभिड १९) बाट पूर्व सतर्कता

एसीपी संवाददाता

८ चैत्र २०७६, शनिबार ०७:०७ मा प्रकाशित

कपिलवस्तु ८ चैत ।
कोरोना भाइरस (कोभिड १९) बाट पूर्व सतर्कता अपनाउनुपर्ने मदरसा बोर्ड प्रदेश ५ का उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’ले जोड दिएका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध चन्द्रौटामा धर्मगुरुहरुलाई प्रशिक्षण दिंदै ५ नं. प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना ‘नेपाली’ ले समाजमा जनचेतनामूलक सन्देश फैलाउन निर्देशन दिए । राष्ट्रिय मदरसा संघ नेपालका महासचिव समेत रहेका मौलाना ‘नेपाली’ ले भिडभाड ठाउँमा नजान र सरकारको निर्णयलाई पालना गर्दै विशेष सावधानी अपनाउन धर्मगुरुहरुलाई आग्रह गरे ।
राष्ट्रिय मदरसा संघ नेपालका सल्लाहकार एवं स्टार राइस मिल चन्द्रौटाका प्रोप्राइटर मौलाना मोहम्मद नसीफ खाँले शुक्रबारीय जुमाको नमाजमा कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतीकरण गरिएको बताए । उनले मुस्लिम धर्मगुरुहरुले सामुहिक नमाज पढ्दै देश र संसारमा शान्तिको कामना गरेको सुनाए ।
कार्यक्रममा मदरसा जियाउल उलूम चन्द्रौटाका प्रधानाध्यापक उस्मान विन अफ्फानले आफू पनि सावधानी अपनाउँदै आफ्नो समुदायमा सचेतना फैलाउन अग्रसर हुने विश्वास व्यक्त गरे । यस्तै गुल्मी दरबार गाउँपालिकास्थित ग्रीन बोर्ड सेकेन्डरी स्कूलबाट आएका समीम अख्तरले समेत आफ्नो जिल्ला र समुदायमा पुगी संयमता अपनाउन सचेतना फैलाउने बताए ।
यता रुपन्देहीको मदरसा इस्लामिया शमशुल उलूम शिवगढियाका हाफिज मोहम्मद सुवहान र दाङको लमहीबाट आएका मदरसा नूरुल ईस्लामका प्रधानाध्यापक अब्दुल वदुद सेराजीले समेत कोरोना विरुद्ध जनचेतनाका लागि आफू अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
राष्ट्रिय मदरसा संघ नेपालको आयोजना रहेको कार्यक्रममा मुस्लिम धर्मगुरुहरुलाई माक्स वितरण गरिएको थियो । कार्यक्रममा दाङ, रुपन्देही र कपिलवस्तुका धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x