१२ जेष्ठ २०८३, मंगलवार
नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थी भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्न आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड-१९ भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।
Subscribe
Login
0 Comments



