१७ मंसिर २०८०, आईतवार

नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा कृष्णनगरमा मास्क वितरण

एसीपी संवाददाता

१२ चैत्र २०७६, बुधबार ०६:०४ मा प्रकाशित

कृष्णनगर, चैत्र १२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ ।
नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ ।
विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता लाई मध्य नजर गरि उक्त मास्क र पन्जा वितरण गरिएको कुरा अकरम पठान ले बताए ।
साथै समाजसेवी का रुपमा समेत चिनिदै आएका उनि समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता समेत हुन ।
उनले नेपाल सरकार ले जारी गरेको निर्देशन नेपाली जनताको हितमा भएकाले सबैले पाल्ना गर्नु पर्ने, कोरोना भाइरस बाट बच्न साबुन पानी ले हात धुने, मास्क को प्रयोग गर्ने, हातमा पन्जा लगाउने, भिड भाड मा न जाने , विरामी भए स्वास्थ्य संस्था मा जाने जस्ता कुरा आजको आवश्यकता समेत रहेको औल्याउनु भयो.
साथै उक्त मास्क वितरणमा बृजेश कुमार गुप्ता ,अजय गुप्ता ,विकास अग्रहरि ,रवि कुमार लगायत संस्थाका सदस्यहरु समेत रहे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x