१७ मंसिर २०८०, आईतवार

संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको- स्वास्थ्यमन्त्री ढकाल

एसीपी संवाददाता

१२ चैत्र २०७६, बुधबार ११:२७ मा प्रकाशित

चैत १२ न्यूज एजेन्सी / कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् । बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष रहेको पनि मन्त्री ढकालले बताए। जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो। उनी कतारबाट काठमाडौँ आएर होटलमा बसेका थिए। स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए। मन्त्री ढकालले होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने बताए। अहिलेको परिस्थितिमा जो जहाँ छ आफ्नो ठाउँ नछोडौँ भनेर सन्देश ढकालले दिए। ती व्यक्तिको आइसोलेसनमा उपचार भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x