१२ मंसिर २०८०, मंगलवार

नेपालगञ्जमा मुख्य सडक सुनसान,कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनको जनता कर्फ्यू

एसीपी संवाददाता

११ चैत्र २०७६, मंगलवार ०५:४७ मा प्रकाशित

स्थानीय प्रशासनले लगाएको ‘कर्फ्यू’ले गर्दा नेपालगञ्जमा मुख्य सडक सुनसान देखिएका छ  हिँडेका यात्रीलाई प्रहरीले रोकिरहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनले जनता कर्फ्यू लगाएको हो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर जनतालाई बाहिर निस्किन दिइएको छैन । मुख्य सडकमा प्रहरी केन्द्रित भइरहँदा भित्री सडकहरुमा चहलपहल देखिएको छ । मानिसहरु भित्री सडकमा हिँडिरहेका छन् ।

आफ्नो, परिवार र समाजका लागि घरभित्रै बसिदिनुस् भन्दा मानिसहरु बाहिर के भइरहेको छ भन्दै सडक छेउछाउमा रमिते बनेका छन् ।सरकारले लकडाउन गर्नु अघि नै बाँके प्रशासनले कर्फ्यू घोषणा गरिसकेको थियो । विशेष गरेर भारतबाट ठूलो संख्यामा दैनिक मानिस भित्रिरहेपछि र सडकमा भीडभाडका साथै पसलहरु खुल्ला भइरहेपछि कर्फ्यू लगाउनु पर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ ।

यसै बीच बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द नहुने भएका छन् । नेपाल बैंकर्स संघका अधयक्ष भुवन दाहालले सरकारले मंगलबारदेखि लागु गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुने जानकारी दिए ।उनले अर्थ मन्त्रालयसँगको कुरा गरेर शाखा खोल्ने वातावरण मिलाएको जानकारी दिए । उनले भने, ‘आज बन्द नै भयो भोलिदेखि स्थानीय तहमा न्यूनतम एक शाखा खुल्नेछ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x