६ कार्तिक २०८१, मंगलवार

प्रदेश–५ सरकारले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय

एसीपी संवाददाता

११ चैत्र २०७६, मंगलवार ०६:१५ मा प्रकाशित

प्रदेश–५ सरकारले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति समेत गठन गरिएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहनुभएको छ भने सदस्यहरुमा बुटवल उपमहानगरपालिका प्रमुख, तिलोत्तमा नगरपालिकाका प्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, देवदह मेडिकल कलेजका प्रमुख र सदस्य सचिवमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ट रहने जनाइएको छ । त्यस्तै भीम अस्पताल भैरहवाको संयोजकमा सामाजिक विकास मन्त्री रहेको व्यावस्थापन समिति गठन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x