११ जेष्ठ २०८१, शुक्रबार

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०१:११ मा प्रकाशित

चैत १३ गते । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । ४ लाख २० हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएर युरोपमा समेत आक्रामक रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै इटलीका मानिसको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ । इरानमा १ हजार ९ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८ सय ११ जना संक्रमित छन् । स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ हजार २ पुगेको छ । जर्मनीमा १ सय ५९ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ९१ जना संक्रमित छन् । अमेरिकामा ७ सय ५ जनाको मृत्यु भएको छ भने ५३ हजार ७ सय ९४ जना संक्रमित छन् । फ्रान्समा एक हजार एक सय जनाको मृत्यु भएको छ । २३ हजार ३ सय ४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण एक सय २० जनाको मृत्यु भएको छ भने ९ हजार ३७ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । यस्तै पाकिस्तानमा ७ जनाको मृत्यु र ९ सय ७२ जना संक्रमित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x