सऊदी अरेबियामा कर्फ्यू सख्त, रियाद,मक्का-मदीना देखि बाहिर आउने जाने माथि प्रतिबंध

चैत १३ गते । अरशद शेष राई – साउदी

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु मंगलबार मदिना शहरमा भएपछि साउदी सरकारले कोरोना भाइरसको संक्रमित कम गर्न कर्फ्यूलाई सख्त बनाएको छ । साथ साथै रियाद, मक्का र मदिना देखि बाहिर आवतजावत गर्ने माथि पनि प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले गत सोमबार देखि लगाएको कर्फ्यू बेलुका ७ बजे देखि बिहान ६ बजे सम्म रहेको समयमा फेरबदल गरी भोलि अर्थात बिहीबार देखि कर्फ्यूको समयमा ४ घन्टाको वृद्धि गरेका छन । साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले आदेश गरेका तीन शहरहरुमा गत सोमबार देखि शुरु भएको २१ दिवसीय कर्फ्यूको समय ४ घन्टा बढाएर दिउँसो ३ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यू लागू हुने घोषणा गरेका हुन । जसमा रियाद, मक्का र मदिनामा आवतजावत गर्नेमा रोक लगाएको छ भने बाकी सबै ठाँउमा बुधबार देखि आवागमन सुचारु गरिएको छ । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणले एक चौठाईको छलांग लगाएपछि साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसको रोकथाम तथा थप फैलिन नदिनका लागि सोमबारबाट आंशिक रुपमा कर्फ्यूको घोषणा गरेका थिए । कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै साउदी सरकारले कोरोना भाइरससंग लड्न हरसम्भब प्रयास गरेपनि कोरोना भाइरसको संक्रमितहरु दिनदिनै बढ्दै गएपछि सरकारले कोरोना भाइरसको संक्रमणसंग बच्न तथा रोकथाम गर्नुको साथ-सथै फैलिन नदिनका लागि बिहीबार दिउँसो देखि कर्फ्यू आदेश गरेको हुन । साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले कोरोना भारसको प्रकोप विरुद्ध कठोर कदम उठाएको छन । जसमा अन्तर्राष्ट्रिय उडान, उमराह बर्षको तिर्थयात्रा स्थागित, मस्जिद, स्कुल, मोल, भिड्भाड हुने पसल, पार्क, समुन्द्र टथ र रातीको समयमा कर्फ्यू आदि रहेको छन ।