११ जेष्ठ २०८१, शुक्रबार

बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०४:५९ मा प्रकाशित

कोरोना संक्रमित भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा आएका बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार हुँदै आएको जहाजमा बाँकेका चार जना रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राख्न बाँके प्रहरीमा परिपत्र आएपछि प्रहरीले बुधबार तीन जनालाई नेपालगञ्ज ल्याएर क्वारेन्टाइनमा राखेको हो । एकजना भने बाँकेको भनिएपनि उनी बर्दियाको हुन सक्ने आशंका गरिएको छ । तिनै जनालाई क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राखिएको छ । उक्त जहाजमा सवार उनीहरुको नाम, नागरिकता नम्बर खुलाइएको भएपनि ठेगाना खुलेको थिएन । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता नम्बर भिडाएपछि उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखिएको हो । १४ दिन क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुमा संक्रमण देखिएमा उनीहरुको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । सरकारले चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवार सबैलाई क्वारेन्टाइनमा राख्ने नीति लिएसँगै सबैको नाम, ठेगाना पत्ता लगाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न थालिएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले साईगाउँ, पिप्रहवा र वनकटवाका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x