६ कार्तिक २०८१, मंगलवार

साउदीमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै, भाइरसले दुई जनाको ज्यान लियो

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार १७:४४ मा प्रकाशित

अरशद शेष राई

सउदी अरेबियाको सरकारले कोरोना भाइरसको संक्रमित रोकन जति प्रयास गरेपनि कोरोना नामक भाइरसले साउदी अरेबियाको प्रयासलाई बिफल पार्दै दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

साउदी अरेबियामा आज कोरोना नामक भाइरसको नयाँ १३३ जना कोरोना भाइरसको संक्रमितहरुको पुष्टि साउदी स्वास्थ्य मंत्रालयले गरेको छ ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमितको जम्म संख्या मिलाएर २९ जनालाई रिकभर गरेको छ भने २ जनाको मृत्युको साथै ९०० जना कोरोना भाइरसको संक्रमित पुगेको बताएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियाको शहर मक्का मुकरर्मा निवासी ४६ बर्षिय एक जनाको आज मृत्यु भएको छ । साउदी अरेबियामा कोरोना भाइरसबाट आज सम्म २ जनाको ज्यान गइसकेको छ भने ३ जनाको स्तिथी गंभीर रहेको छ ।

नयाँ भेटिएका १३३ जना मध्ये ११५ जना संक्रमित ब्यक्तिहरुको सम्पर्कको कारण भएको छ भने अन्य १८ जना हालको यात्राबाट अएका हुन । सबै जनालाई तिनीहरु आएपछि कोरिन्टाइनमा राखिएको छ ।

फाइल;  तस्बिर 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x