नेपालगन्जको वडा न. २ र नेपाली सेनाहरुमा सर्जिकल माक्स हस्तान्तरण
१४ चैत्र, बाँके। बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । आज ५०० जति पि नेपाली सेना, प्रहरी, र आम जनतामा सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
नेपालगन्जमा आज वडा न. २ का गरिब जनता, राजमार्गमा खिटएका प्रहरी,सेनाको क्याप्टेन लाई १०० पि माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँ ले बताउनु भयो । सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ५००पि माक्स निशुल्क रुपमा सुरक्षाकर्मी र आम जनताहरुलाई दिनुभएको हो ।



