४ बैशाख २०८१, मंगलवार

जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकमा ३ सातासम्म निरन्तर लकडाउन गर्नुको विकल्प नरहेको बताएका छन्

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०८:३४ मा प्रकाशित

१५ चैत्र, जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकमा ३ सातासम्म निरन्तर लकडाउन गर्नुको विकल्प नरहेको बताएका छन्।सरकारले गत मंगलबारदेखि एक साताका लागि गरेकाे लकडाउन सोमबार राति १२ बजेदेखि समाप्त हुँदैछ । हामीलाई भारतसँग तारतम्य(टयुनिड्ग) मिलाउनु पर्छ, २ साता लकडाउन थप्नु पर्छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एव भाइरोलजिष्ट डा. बासुदेव पाण्डे भन्छन्- ‘लकडाउनमा बाहिर नगइ घरमै व्यायाम गर्दै बस्नु पर्यो।’उनका अनुसार ३ सातासम्म लकडाउन गरेपछि भारतसँगको सीमा बन्द गरे पनि हुन्छ। तर लकडाउनको स्थितिमा समाज, समुदायमा कोभिड-१९ को स्थितिबारे सुक्ष्म अनुगमन समेत आवश्यक रहेको उनले बताए। यसले विदेशबाट आएका हरूबाट समाजमा संक्रम को विस्तार भए-नभएको बारे थाहा हुने पनि उनले उल्लेख गरे । लकडाउनकाे अवधिमा बिहान बेलुका सडकमा हिँडिरहेकाहरुले पनि एकापसमा कम्तीमा १ मिटरको दूरी कायम नगरेको समेत विज्ञहरू औंल्याउछन्।सभार ई कान्तिपुर

जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकमा ३ सातासम्म निरन्तर लकडाउन गर्नुको विकल्प नरहेको बताएका छन्।सरकारले गत मंगलबारदेखि एक साताका लागि गरेकाे लकडाउन सोमबार राति १२ बजेदेखि समाप्त हुँदैछ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x