नेपालगन्जमा सोसल डिस्टेन्सका लागि ’लक्ष्मणरेखा“ कोरिएको छ

नेपालगन्जमा सोसल डिस्टेन्सका लागि ’लक्ष्मणरेखा“ कोरिएको छ ।
नेपालगन्जमा सोसल डिस्टेन्सका लागि ’लक्ष्मणरेखा“

लकडाउनको बेला अन्य समयभन्दा खाद्यान्न र औषधी खरिद गर्ने समयमा उपभोक्ताहरुको भीड बढ्न थालेपछि प्रहरीले सो रेखा बनाउने कार्यलाई तिब्रता दिएको छ
चैत १५ गते नेपालगंज । लकडाउनका बेला अति आवश्यक चिजबस्तु औषधी, खाद्यान्न लगायतका सामाग्री बेचबिखन गर्ने पसलका अगाडी सो रेखा कोरिएको हो । एक मिटरको दुरीमा रेखा बनाईएको छ । लकडाउनको बेला अन्य समयभन्दा खाद्यान्न र औषधी खरिद गर्ने समयमा उपभोक्ताहरुको भीड बढ्न थालेपछि प्रहरीले सो रेखा बनाउने कार्यलाई तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहको नेतृत्वमा नेपालगन्जका बिभिन्न स्थानमा सुरक्षा रेखा बनाउन शुरु गरिएको हो । सुरक्षा रेखा निर्माण भएपछि उपभोक्ताहरुको स्वास्थ्य कम जोखिममा पर्ने बिश्वास लिईएको छ । नेपालगन्जका कतिपय स्थानहरुमा स्थानीय स्वयमले पनि आ–आप्mनो पसलका अगाडि गोल सुरक्षा घेरा बनाउन शुरु गरेका छन ।