१७ मंसिर २०८०, आईतवार

कोरोना भाइरस कोभिड–१९ फैलाउन भूमिका खेलेको धार्मिकसभाको आयोजना गरेको- भारतीय संचार

एसीपी संवाददाता

१८ चैत्र २०७६, मंगलवार १२:२९ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा जमात सहभागी भएकाहरुको खोजी कार्य जारी

मरकज ११०७ जना कोराएन्टाइना ४०७ जनामा कोरोना हुने आशंका निजामुदिन भन्ने नाम चर्चित छ

चैत १८ गते भारतीय एजेन्सी । मित्र राष्ट्र भारतमा कोरोना भाइरस कोभिड–१९ फैलाउन भूमिका खेलेको एक धार्मिकसभाको आज भारतीय संचार माध्यमहरुले जनाएको छ । सभामा दुई सय ८१ जना विदेशी थिए । जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्स सहित मुलुकका नागरिक सहभागी भएका हुन । साथै नेपालबाट गएका १९ जना पनि सहभागी भएको खुले पछि नेपालमा कोरोना भाइरसको आशंका झा बढेको छ । भारतमा मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको मुख्य कार्यालयमा धार्मिक सभाको आयोजना भएको थियो । मार्च १ तारिख देखि १५ मार्च सम्म चलेको उक्त सभामा करिब आठ हजार सहभागी भएको उक्त कार्यक्रममा बिभिन्न देशका नागरिक जमातमा आएका थिए । नेपालमा कोरोना भाईरस कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिकसभा भएको थियो । तर, सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतमा त्रास फैलिएको छ । तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएकोे छ । अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ । फाइृल तस्बीर भारतीय संचारबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x