१४ मंसिर २०८०, बिहीबार
एम्बुलेन्स र मोटरसाइक दुर्घटना मोटरसाइक सवार कालिकोट नरहरी गाउँपालिकाकी शोभाको दुर्घटना स्थलमा मृत्यू

मोटरसाइक सवार कालिकोट नरहरी गाउँपालिकाकी शोभाको दुर्घटना स्थलमा मृत्यू
१८ चैत्र, बाँके । कोहलपुर नगरपालिका ११ मा रहेको होटल अतिथि एम्बुलेन्स र मोटरसाइक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइक सवार कालिकोट जिल्ला नरहरी गाउँपालिकाकी २३ वर्षिया शोभा भट्टको दुर्घटना स्थलमा मृत्यू भएको कोहलपुर इलाका प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कालिकोट जिल्ला नरहरी गाउँपालिका द्धन्द विक्रम विष्ट भने गम्भिर घाइते भएको कोहलपुरका डिएपी कुलदिप चन्दले जानकारी दिए । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का राम बहादुर थारुलेलाई भने हातमा मात्र सामान्य चोट लागेको चन्दले जानकारी दिए ।
Subscribe
Login
0 Comments