१४ मंसिर २०८०, बिहीबार

मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइयो

एसीपी संवाददाता

१९ चैत्र २०७६, बुधबार ०५:४७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइएको छ।
मन्त्रालयले दूई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घन्टाभित्र महँगोमा खरिद गर्ने सम्झौता गरेको कोरोना परीक्षणमा कामै नलाग्ने किट खरिद गरेको पाइएको हो।
कोरोनाका लागि स्वास्थ्यले खरिद गरेको सामाग्रीका विषयमा विवाद आइरहेको समयमा कामै नलाग्ने किट खरिद गरेको रहष्य पनि खुलेको हो। मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग सामाग्री खरिदको सम्झौता गरेको थियो।
आबिसिआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्‍यापिड टेस्ट किट ल्याएको हो। चीनबाट आइबिसिआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ। मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो। ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ।
मन्त्रालयले खरिद गरेको उक्त किटको प्रभावकारितमा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो। विश्व स्वास्थ्य संगठनले पनि उक्त किट प्रयोग नगर्न भनेको छ।
स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नुहने बताएका थिए।
डा कार्कीले ती टेष्ट कीटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकोले प्रयोग नगर्न अनुरोध गरेका थिए।
उनले भनेका थिए, ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला।’
उनले यस्ता किटलाई सरकारले समेत अनुमति नदिएको बताएका थिए।
तर, यस्ता किट खरिदका लागि स्विकृती दिने क्रममा भने उनकै हस्ताक्षर समेत छ। कोभिड १९ को रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तिको विवरणमा डा कार्कीले समेत हस्ताक्षर गरेको छन्।
हेरौँ मन्त्रालयले खरिद गरेका सामग्रीकाृ विवरण र डा कार्कीको हस्ताक्षर रातो घेरमा

र्‍यापिड टेस्ट किटका विषयमा मिडिया ब्रिफिङका क्रममा यस्तो भनेका थिए डा कार्कीले
र्‍यापिड टेस्ट किट भनेर बजारमा अहिले एकदम हल्लाखल्ला भएको छ। एकदमै छिटोसँग त्यसले चाँही यो पोजेटिभ छ की नेगेटिभ छ, कोरोना भाइरस पोजेटिभ छ कि नेगेटिभ छ भनेर देखाउने खालको जुन टेस्ट किट हो। त्यसको चाँही अहिले थुप्रै विवादहरु आएको, संसारभरी प्रयोग गर्दा त्यसको गुणस्तरमा प्रश्नहरु आएको हुनाले विश्व स्वास्थ्य संगठनले चाँही त्यो र्‍यापिड टेस्ट किट प्रयोग नगर्ने भनेर निर्णय गरेको हुनाले यो अन्यथा काहीँ कतै प्रयोग भइरहेको भन्ने हामीले सुनेका छौं। यदी त्यस्तो हो भने यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठनले अनुमति नदिएको विषय हो। यो र्‍यापिड टेस्ट किटको परीक्षणबाट आएको रिजल्टबाट हुनसक्ने खालको भ्रम, हुनसक्ने खालको अरु क्षति। कसैलाई नेगेटिभ मानिसलाई पोजेटिभ बनाइदियो भने त्यो सबैभन्दा समस्या। समाजमा समस्याहरु रहन सक्छ त्यसैले यो विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको टेस्ट किटको प्रयोग नगर्नका लागि म सबै मित्रहरुलाई अनुरोध गर्दछु। स्वास्थ्य खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x