विद्यार्थी संघका नेता विष्टले यस्तो अवस्थामा एन महरले दिएको अभिव्यक्त प्रति आपत्ति जनाएका छन्

चैत १९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता शेष विष्टले यस्तो अवस्थामा एन महरले दिएको अभिव्यक्त प्रति आपत्ति जनाएका हुन् । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै संकट पैदा गरिरहेको समयमा नेपाल सरकारले रोकथाम तथा नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचार लिप्त रही आम नागरिकको स्वास्थ्य माथि नै खेलवाड गर्ने काम भएको बताएका छन ।पछिल्लो समय सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद प्रकृयामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल तथा पर्यटनमन्त्री योगेश भट्टराईले भ्रष्टाचार गरेको भन्दै उहाले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माँग गरेका छन ।
कोरोना भाइरसले विश्वलाई नै संकट पैदा गरिरहेको समयमा नेपाल सरकारले रोकथाम, नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचार लिप्त रही आम नागरिकको स्वास्थ्य माथि नै खेलवाड गर्ने बताए
विष्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै , ए एन महर तिमी सरकारको हनुमान भएर नबस् यदि हिसाबकिताब गर्ने नै हो भने तिमी ७० करोडका गोकुल बास्कोटाले भ्रष्टाचार गर्दा कहा गएका थियौं ? के गोकुल बास्कोटा बाट पनि हिसाब मागेको हो र ? देशमा यो महामारी सङ्कट को बेला भ्रष्टाचारमा लिप्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल तथा पर्यटनमन्त्री योगेश भट्टराई ले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । सक्छौं भने बरु नागरिकको हितमा हुने काम गर । साथै बर्तवान दुई तिहाईको को सरकार सङ्ग म यो आग्रह गर्दछु की देशका विभिन्न सीमामा अलपत्र रहेका आम नेपाली दाजुभाई, दिदीबहनी, आमाबाबु हरुलाई छिटोभन्दा छिटो उचित व्यावस्था गरी व्यवस्थापन गरोस् सबैलाई घरभित्र बसेर सहयोग गरि आ आफनो जिम्मेवारी निर्वाह गरेर हामी सम्पुर्ण नेपाली एकता परिचय दिदै सबै स्वास्थ्य रहने छौ भनी आशाका अनुरोध छ ।

एन महरले दिएको अभिव्यक्त केही अंश



