७ कार्तिक २०८१, बुधबार

स्वास्थ्य सामग्री नै नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन

एसीपी संवाददाता

१९ चैत्र २०७६, बुधबार ०६:१९ मा प्रकाशित

चैत १९ । बजार मूल्य भन्दा चार गुणा बढी तिरेर ल्याएको स्वास्थ्य सामग्री नै नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।
सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ । सरकारले यो किट बजार मूल्य भन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो ।
अभाव देखाएर करोडौं लुट्ने प्रपञ्च, नेपालमा ७ रुपैयाँमा पाइने मास्क चीनबाट ३८ रुपैयाँमा किनिँदै (कुन सामानकाे मूल्य कति छ, हेर्नुस मूल्य)
स्वास्थ्य मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ ।

स्वास्थ्य मन्त्रालयका केही उच्च अधिकारीको मिलेमतोमा यस्ता नक्कली सामान किनिएको स्रोतको दाबी छ । ‘एकातिर बजार मूल्य भन्दा चार गुणा बढी तिरिएको छ । त्यसमाथि पनि नक्कली सामान ल्याएको छ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘अभावका बेला स्वास्थ्यका उच्च अधिकारी र केही व्यापारीलाई कमाउने मेलो बनेको छ ।’

एउटै सामानको दुइथरी मूल्य, नेपाल सरकारले ८४० मा किनेको एन ९५ मास्क चीनले २५६ मै पठायो

बजारमा यस्ता किटको चरम अभाव भएको भन्दै ओम्नी ग्रुपका व्यापारी विशाल पण्डितसँग मिलेर स्वास्थ्यका उच्च अधिकारीले देशभित्र नक्कली सामान भित्र्याएको ती अधिकारीको दाबी छ । कोरोना टेस्ट गर्ने सबैभन्दा महत्वपूर्ण सामग्री नै नक्कली छ । यसबाट परीक्षण गर्दा के नतिजा आउँछ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको बताए । विश्व स्वास्थ्य संगठन र राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका किट प्रयोगमा नल्याएको उनले बताए ।

उनका अनुसार अहिले चीनबाट आएका ७५ हजार थान किट गोदाममै थन्किएर बसेका छन् । गुणस्तरहीन किट ल्याएकाले त्यसलाई प्रयोगमा नल्याएको स्वास्थ्यका अधिकारीको भनाइ छ । क्यापिटल नेपाल सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x