७ कार्तिक २०८१, बुधबार

क्षेत्र नम्बर १ मा आफूले गरिब निमुखा जनताको छाक टार्न राहत बाँडेको- पत्रकार केसी

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार ०८:२२ मा प्रकाशित

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले बाँकेको क्षेत्र नम्बर १ मा आफूले गरिब निमुखा जनताको छाक टार्न राहत बाँडेको बताउनुभएको छ ।उहाँले कोरोना भाइरसका कारण एक महिना भन्दा बढी समयदेखि जारी लकडाउनले साँझ बिहान छाक टार्न धौधौ भइरहेका गरिब निमुखा जनताहरुलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो ब्यक्तिगत पहलमा राहत बाँडेको बताउनुभयो ।पहिलो चरणमा बाँके क्षेत्र नम्बर १ अन्तर्गत् राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडाका ९ हजार ५ सय किलो चामल राहत स्वरुप प्रत्येक वडामा पुगेर सरकारको एकद्वार प्रणाली अन्तर्गत् वितरण गर्ने नीतिलाई आत्मसाथ गर्दै सबै वडा कार्यालयहरुमा हस्तान्तरण गरेको युवा नेता केसीले बताउनुभयो ।आफ्नो यो सानो राहतले छाक टार्न धौधौ भएका गरिब निमुखा जनताहरुलाई केही सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले अब दोस्रो चरणमा नरैनापुर गाउँपालिका र तेस्रो चरणमा कोहलपुरमा राहत बाँडिने बताउनुभयो ।फेसबुकमा स्टाटस लेखेर केसीले भन्नुभएको छ–‘मलाई यो महान् कार्यमा उत्प्रेरित गर्ने तथा राहत उपलब्ध गराई सहयोग गर्नुहुने सबै मेरा सहयोगी साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ, आवश्यकता र दाताको इच्छा अनुसार प्रेसको माध्यमबाट सबैको नाम सार्वजनिक गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्द्छु ।’तर, उहाँले यो कार्यमा मानवीय समवेदनशीलता नभएका र नकारात्मक मानसिकता बोकेका केही ब्यक्तिहरुबाट मानवता विरोधी कार्य भएको भन्दै भत्र्सना गर्नुभएको छ ।नेता केसीले लेख्नुभएको छ– ‘यस्तो नकारात्मक मानसिकता त्यागेर मानव सेवामा जुट्न अनुरोध गर्न चाहन्छु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x