१४ मंसिर २०८०, बिहीबार

मुस्लिम आयोगले नै पूरै मुस्लिम समाजलाइ दोषी जस्तै बनायो

एसीपी संवाददाता

१५ बैशाख २०७७, सोमबार ०६:१३ मा प्रकाशित

इरफान अहमद शेष / जनमत पार्टी बाँके स्वतन्त्र बिचार

अहिले कोरोना महामारीको नाममा धेरै नै चलाखीपूर्ण तरिकाले मुस्लिम समुदायलाइ नै बदनाम गराएको छ । मुस्लिम समुदायको माथि निगरानी / अनुगमन गर्ने जस्ता कार्य मुस्लिम आयोगले सबै जिल्लामा गर्न लगाएको छ । मुस्लिम समुदाय माथि के को निगरानी हुँदैछ ? के पुरै मुस्लिम समुदाय नै दोषी छ ?  देश विदेशबाट आएका पहुना(जमातीहरु) को बारेमा के नेपाल सरकारलाई थाह छैन ? के बिश्व स्वास्थ संगठनले भनेको छ कि नमाजबाट नै रोग फैलिन्छ ? आखिर मुस्लिम समुदायलाई मुस्लिम आयोगले के को बारेमा अनुगमन गर्न लागेको छ ? निगरानी मुस्लिम समुदाय माथि हैन मुस्लिम आयोग माथि हुन जरुरी छ यो आयोगले कसको इसारामा मुस्लिम समुदायलाई बदनाम गराउने प्रपन्च रचेको छ ? मुस्लिम आयोगका अगुवा भगुवा अहिले समुदायको न भएर जसको दयामाया मा छन तिनलाई खुशिपार्न मात्र मुस्लिम समुदायलाई संकाको कटघरामा उभ्याएका छन, मुस्लिम आयोग र त्यसका अगुवाहरु समुदायको लागि नभइ सरकारलाई गुलामीको सबूतपेश गर्नको लागि अहिले पबित्र महिना रमजानमा पनि यस्ता क्रियाकलाप गरेका छन ।पूरै समाजलाई नै संकाको घेरामा उभ्याइ शासकवर्गको नजरमा बनिरह्नको लागि नै बलिको बोका बनाइयो मुस्लिम समाजलाई ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x