२३ कार्तिक २०८२, शनिबार

कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुक ?

एसीपी संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार १७:२८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो
डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो
नेपालमा एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको छ ।
डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ । स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा रहन आग्रह गरेको छ ।
एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो
विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केहीवर्ष अघिदेखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x