नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति अनि सुगौली सन्धि , अहिले सम्म जारी छ वाक युद्ध

नेपाल भारत बीचको यो वाक युद्ध धेरै पुरानो छ । आजकल, यस द्धन्द्धको आवाज सडक सदन र सम्पूर्ण मुलुकमा व्यापक रूपमा देखिएको छ, जबकि सारा विश्व अझै पनि कोरोना जातका महामारीको सामना गर्दैछ, यो युद्धजस्तै हो । गत वर्ष २०१९ नोभेम्बर २ मईमा, भारतले नक्सा जारी गर्यो जुन कश्मिरको धारा ३७० को अन्त्य भए पछि लिम्पीयाधुरा, कालापानी र लिपुलेख क्षेत्र भारतको भूभागमा रहेको देखाउँदछ, यद्यपि यो विवाद २०५ वर्ष पुरानो हो जब नेपाल र ब्रिटिस शासकका बीच दुई बर्ष सम्म युद्ध भएको थियो त्यस पछि सुगौली सन्धि सन् १८१६ ईस्वीमा भएको थियो । यस विवादमा छलफल प्रायः दोहोरिएको छ र दुई देशबीच सरकारी स्तरमा बैठक हुदै आएको छ तर पनि यो विवाद सुल्झाउन सकेन, अब यो बिवाद बढदै गएको देखिन्छ । दुबै पक्षले आफ्नो आफ्नो दृढतापूर्वक राखिएको देखिन्छ आफ्नो पक्षमा राख्दै आएका छन् ।
सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच ३ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियो र यसको पुष्टि (सार्वजनिकीकरण) भने ४ मार्च, १८१६ मा भएको थियो । यो सन्धि गरेर ब्रिटिसद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिँदा सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाल युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्स थिए ।
ब्रिटिश शासनको चाल यहि थियो कि शासन सत्ता त्याग्ने हो, तर झगडा गराएर जानु पर्छ । यसको नतीजा भारत र पाकिस्तान बीचको युद्ध हो । यो बिवाद पनि ७२ बर्ष पुरानो भईसकेको छ । यस्तै प्रकारले उनले नेपाल र भारतको बिचमा भएको विवादको बीउ रोपे जुन आज सम्म समस्या उत्पन्न हुदै आएको छ । भारत स्वतन्त्र हुनुभन्दा अघि १८५६ मा ब्रिटिस सरकारले सर्भे अफ इण्डियाले एउटा नक्शा निकाले जहाँ विवादित क्षेत्रलाई भारतको भूभागमा देखाइएको छ, जबकि सुगौली सन्धिको सर्त वा शव्दको अर्थ नेपालको हो, यो विवाद यहाँबाट सुरु भयो । ऊ झगडा गराउन सफल भयो र हामी दुई मित्र राष्ट्रहरू लडिरहेका छौं, भन्नु यो हो कि शिकारीले त्यो दाना खुवाउने बहानामा हामी लडाउन खोज्यो सफल नि भयो चरा फसाएर मार्न खोज्यो हामी लोभमा आयो भने र फसयो भने दुबैका अन्त हुन्छ । यस्तै अवस्था दुई जना सहयोगी राष्ट्रको बीचमा भइरहेको छ । यो दुई राष्ट्रका बीच केही अराजक तत्वहरुलाई अन्तर्रा्ष्ट्रियकरण गर्नमा लागेका छन् । यसले अझ जटिल बनाउँदछ । अब यसलाई महाभारतको इतिहासको दृष्टिकोणबाट हेर्नुहोला, श्रीकृष्णले अन्तमा पाँच गाँउ मागेका थिए पाण्डवहरूको तर्फ बाट शान्तिदुतका शान्तिका लागि , तर धृतराष्ट्र र दुर्योधनले एक इन्च जग्गा पनि दिएनन, परिणाम महायुद्ध भएके थियो । त्यसोभए के अझै पनि यस द्धन्दमाख धृतराष्ट्र वा दुर्योधन छ ? महाभारत धर्म र अधर्मी बीच लडिएको थियो । यहाँ नेपालका प्रधानमन्त्रीले पनि त्यही शब्द उल्लेख गरेका जुन कि भारतको चिन्हमा लेखेको सत्यमेव जयतेुमा लेखिएको यो धर्मको बारेमा कुराकानी पनि गरेका छन् । अब यो देख्ने हो कि सत्यको बाटो मा को छ, कसको को जीत हुन्छ । योँ पुरानो इतिहासनै रहेको छ कि भुमि कै लागि सधैं झगडा भएको थियो र यो अझै भइरहेको छ । समय समयमा धर्म परिवर्तन हुन्छ । व्यक्तिगत जीवनमा यसलाई वर्णाश्रम धर्म भनिन्छ । राष्ट्रको तहमा यसलाई राष्ट्रिय धर्म भनिएको छ र यसै धर्मका कारण मानिसहरु बीच भयंकर युद्ध भएको छ जहाँ मानवता शून्य भइहाल्छ । एउटा मानवले अर्को एक मानवको रगत बगाउदै अगाडि बढ्छ । यो चलिी रहेको छ चल्दै आउने हो । इतिहासले प्रमाण दिन्छ कि धर्म र राष्ट्रियताको नाममा जति रगतको होली भएको छ त्यति रगतको मात्रा प्राकृतिक बिपता भन्दा धेरै छ । अब, यसलाई आध्यात्मिक दृष्टिकोणबाट हेर्छौं भने, यो पृथ्वी कुनै पनि व्यक्तिले बनाएको छैन जसले मानिसले आफ्नो सम्पत्ति ठान्छ । यो भगवान द्धारा प्रकट भएको हो । यो परमेश्वरको सम्पत्ति हो । त्यसकारण तर्कले भन्छ कि हामी को हौ यसमा विवाद खडा गर्ने , हाम्रो अन्त्य हुनेछ, यद्यपि यो भुमि यहाँ नै रहनेछ जहाँ छ । हाम्रो लक्ष्य केहि अर्को हो, तर हामी अज्ञानताको कारणले हामी यस जमीनको टुक्रामा सर्बबिनाश गरी हाल्छौं । यसको प्रत्यक्ष उदाहरण महाभारत हो । कौरव पूर्ण रूपमा ध्वस्त भयो र अन्तत हस्तिनापुर राज्यले पनि धृतराष्ट्र गुमायो र अन्त्यमा बनबास तिर लाग्यो । यसमा परिवार मात्र ध्वस्त भएन, थुप्रै योद्धा, साधारण नागरिक र लाखौं सिपाहीहरू पनि ध्वस्त भए । यति ठूलो घटना पछि, सबै मानिसहरूमा के यो चेतना आएन ।आउन नि आउँदैन । किनभने माया सर्वशक्तिमान प्राणी हो जसले मानवको ज्ञानलाई हटायो र यसमा भ्रम ल्यायो र यसलाई विचलित गर्यो, जसले प्रायः विनाशको परिणाम दिन्छ । यो वाँक युद्धको भाषणले धेरै प्रश्नहरू पनि उत्पन्न गरेको छ, जसको उत्तर आउँदै गरेको समयमा घटनाक्रमको क्रम द्वारा देखाईनेछ, प्रश्न निम्न छन् । डा.अशोक महासेठ, ठिमी, काठमाडौं ्र हिमालिनीमा प्रकाशित हिन्दी भाषाको लेख अनुवाद लक्ष्मी चौधरी र अरुण रावले गरेका छन् ।



