४ बैशाख २०८१, मंगलवार

काँग्रेस उपसभापतिमा थारु , सदस्यहरुमा बर्मा, शाही, बिनोद चयन

एसीपी संवाददाता

२५ फाल्गुन २०७६, आईतवार ०४:५० मा प्रकाशित

नेपाली काँग्रेस बाँकेको कार्यसमितिमा चारजना थप भएका छन् । तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार, कार्यसमितिमा उपसभापति सहित चारजना थप भएका हुन् । काँग्रेस बाँकेको उपसभापतिमा फुलराम थारु चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा दिप नारायण बर्मा, रितु शाही र बिनोद थारु कार्यसमितिमा थपिनु भएको छ । महासमिति सदस्यमा फुलाराम थारु, दिप नारायण वर्मा, नेत राममौर्य, हिरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोद कुमार थारु रहनुभएको छ । तत्कालिन फोरमसँग भएको सहमति अनुसार, महासमिति सदस्य ७ जना, महाधिबेशन प्रतिनिधि १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिनुभयो । ‘पार्टी एकिकरण भएको लामो समय भइसक्दा पनि जिम्मेवारी नपाउँदा नेता तथा कार्यकर्तामा निराशा छाएको थियो तर ढिलै भएपनि जिम्मेवारी टुंगो लागेसँगै यसले उत्साह थपेको उपसभापति थारुले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x