१२ मंसिर २०८०, मंगलवार

कृष्णनगर नाकामा कोभिड-१९ (नोभल कोरना भाईरस) को सहायता कक्ष स्थापना

एसीपी संवाददाता

२४ फाल्गुन २०७६, शनिबार १४:३० मा प्रकाशित

कृष्णनगर, फाल्गुन २४
फाल्गुन २३ गते देखि सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.)कपिलबस्तुबाट बिशेष गरी भारतबाट नेपाल तर्फ आउने तथा स्थानिय बजारबाट आवत जावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड-१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्ष (HELP DESK) साथै जनचेतनाको लागि कोभिड-१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ। मिति २०७६।११।२२ गते पनि सचेतना कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा स्थानिय जनता, बिभिन्न संघसंस्थाको कर्मचारी, व्यापारी, शिक्षक तथा सवाजसेवीहरुको समेत सहभागितामा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको बिशेष सक्रियतामा सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलबस्तुले संचालन गरेको छ । उक्त सहायता कक्ष (HELP DESK) मा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्य कर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाईने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x