१७ जेष्ठ २०८१, बिहीबार

कांग्रेसले पाँच लाख क्रियाशील सदस्यहरूलाई सांगठिनक विकास विषयमा तालिम

एसीपी संवाददाता

२६ फाल्गुन २०७६, सोमबार ०४:४९ मा प्रकाशित

नेपाली कांग्रेसले पाँच लाख क्रियाशील सदस्यहरूलाई पार्टीको सांगठिनक विकास र सुदृढीकरणको विषयमा तालिम दिने भएको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरिका सबै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिने भएको हो । पार्टीको विधान र नियमावली अनुसार, जिल्ला उपसभापति जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ ।
प्रतिष्ठानले बुधबार सबै जिल्ला उपसभापतिहरूसंग पार्टी मुख्यालय सानेपामा संगठन, क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा छलफल गरेको छ । त्यसमा नेता रामचन्द्र पौडेल समूह भने सहभागि भएन ।
प्रतिष्ठानका प्रमुखसँगको छलफलपछि जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत रहेका जिल्ला उपसभापतिहरूले आगामी चैत १५ गते ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।
प्रत्येक जिल्लामा त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र गरी २ सय स्थानमा प्रतिनिर्वाचन क्षेत्र ५० जनाका दरले १० हजार जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ ।
ती १० हजार प्रशिक्षकले चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करीव ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x