७ कार्तिक २०८१, बुधबार

राष्ट्रपति सी चिनफिङ, कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल वुहानमा

एसीपी संवाददाता

२७ फाल्गुन २०७६, मंगलवार ०६:३३ मा प्रकाशित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल वुहान पुगेका छन् । कोभिड–१९ को संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट कोभिड–१९ को संक्रमण सुरु भएको थियो ।कोभिड–१९ को संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन् । उनले वुहानमा कोभिड–१९ प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भए, वुहानका १४ अस्थायी अस्पताल बन्द
सोमबार मात्रै विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको थियो । सोमबार चीनमा डिसेम्बरबाट संक्रमण फैलिएयताकै सबैभन्दा कम १९ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये वुहानमा १७ जना र दुई जना बाहिरबाट आएका नागरिकमा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ । त्यस्तै सोमबार १७ जनाको मात्रै मृत्यु भएको पनि स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
मंगलबार बिहानसम्म चीनमा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये ६० हजारभन्दा बढी निको भइसकेका छन् । त्यस्तै मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट ३ हजार एक सय ३६ को मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x