कपिलवस्तुकाे महाराजगन्जमा धुमधामका साथ होलि मनाइयो

धीरज काेरी
कपिलवस्तु, २७ फागुन
कपिलवस्तु जिल्लाकाे महाराजगन्जमा पनि विशेष तरिकाले अाज हाेली/ फागु मनाइएको छ।
हरेक वर्षको फागुन महिनाकाे शुक्ल पूर्णिमा का दिन हैसिलाका अाज कपिलवस्तु काे महाराजगन्जमा पनि हाेली मनाइएको छ।
हाेली पर्वकाे उद्देश्य भने मित्रताकाे सम्बन्धलाई बलियो बनाउनु , समाज का सबै व्यक्ति सहयोग र मेलमिलाप गराउनकाे लागि याे हाेली पर्व त्रेतायुग देखि सुरुवात भएको पाइन्छ ।
नेपाल देशमा विभिन्न जातजाति, भाषाभाषिक ,संस्कार र परम्परा मान्ने व्यक्तिहरु बसाेबास गरेको पाइन्छ ।
अाफ्नाे परम्परालाई धेरै वर्ष सम्म बचाउन काे लागि हाेली अहिलेसम्म पहिलेकाे जस्तै हाेली मनाइन्छ ।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयकाे अनुरोध अनुसार हाेली सभ्य रुपमा अाज महाराजगन्ज मा सभ्य तरिकाले हाेली मनाइएको छ।
अाज विहानै देखि रङ्ग र अाबीर काे साथमा बालबालिका ,वृद्धवृद्धा ,युवायुवती र स- साना बाबुनानीहरू पनि हर्षोल्लासका साथ हाेली मनाइएको छ र पहाड , हिमाल क्षेत्रमा हिजो नै हाेली मनाइएको छ।
तराईमा दुई र तीन दिनसम्म होली मनाउने चलन छ । हाेली/फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।