७ कार्तिक २०८१, बुधबार

सऊदी अरबियाले लगायो कडा नियम , कोरोना भाइरसले ईरान् बढी प्रभावित

एसीपी संवाददाता

२८ फाल्गुन २०७६, बुधबार ०२:२६ मा प्रकाशित

  1. अरशद शेष राई / साउदी
    फागुन २८ गते।
    खाड़ी देशको सबै भन्दा बढी कोरोना वायरसबाट ईरान प्रभावित भएको छ ।ईरानमा हाल सम्म २९१ जना को मृत्यु भई सकेको छ भने संक्रमित हुनेहरुको संख्या ८०४२ पुगेको छ ।
    कोरोना वायरसलाई आफ्नो देशमा फैलिना नदिनका लागि अन्य पडोशी देशका बॉर्डर कंट्रोल चेकजाँचमा कडाईका साथ ध्यान दिरहेका छन । सऊदी अरबियाले कोरोना वायरसलाई मध्यनजर गर्दै आफ्नो देश आउने मानिसहरु माथि कडा नियम लागू गरेको
    साउदी अरबियाले आफ्लो देश आउने जो कोईले पनि यदी आफ्नो स्वास्थ्य जानकारी दिएन भने त्यस माथी १३,००० डॉलर सम्मको जरिबाना लाग्ने जानकारी दिएको छ ।
    कोरोना वायरसलाई रोकथाम गर्नका लागि सऊदी अरबले सोमबार देखि नै १४ देशको आवागमन माथी तत्काल रोक लगाएको छ ।
    साउदी सरकारले चेतावनी दिएको छ यदि कोई पनि ईरान गयो भने त्यस माथी कडा कारबाही हुने बताएको छ ।
    साउदी अरेबियामा अहिले सम्म कोरोना वायरसका १५ जनामा संक्रमण भेटिएको साउदी स्वास्थ मंत्रालयले जनाएको छ ।
    संसारको विभिन्न देशमा गरि कोरोना वायरसबाट अहिले सम्म ११०,००० भन्दा बढी मानिसहरु प्रभावित भएका छन भने यस वायरसबाट हाल सम्म ४००० भन्दा बढीको ज्यान गई सकेको छ ।
    कोरोना वायरस जस्तो खतरनाक वायरसका कारण अर्थव्यवस्था माथी पनि संकटको बादल मंडराई रहेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x