३१ जेष्ठ २०८१, बिहीबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कोरोना भाइरस संक्रमणको आशंकामा कसैलाई क्वारेन्टाइनमा राख्न नसक्ने

एसीपी संवाददाता

२७ फाल्गुन २०७६, मंगलवार १४:२३ मा प्रकाशित

एजेन्सी । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको आशंकामा कसैलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्धार गरेर सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका हुन् ।
‘क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो’ उनले भने ।
ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ ।’
मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं ।’
सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।
‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वारेन्टाइनमा बस्ने कुराका लागि भने हामीले पहिलेको भन्दा प्रोटोकल चेन्ज गरेका छौं’ उनले भने ।
सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।
सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ ।
युवा संघले सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यमको सूचनाले भ्रम सिर्जना गरेको भन्दै सरकारले आधिकिारिक सूचना दिने व्यवस्था गर्नुपर्ने बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x