प्रहरीको सतर्कताले नेपालगन्जको होली शान्तिपुर्ण
फागुन २८ ।
नेपालगन्ज ।नेपालगन्जका सबै स्थानहरुमा प्रहरीको व्यापक सक्रियताका कारण होली यो बर्ष शान्तपुर्ण तरिकाले सम्पन भएको छ।
मंगलबार बिहानै देखि नेपालगन्ज सबै ठाँउका चोक चोक लगायत बाटोहरुमा प्रहरीको व्यापक गस्ती एबम निगरानीले होलीमा कुनै दुर्घटना एबम झै-झगडा नभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले बताए।
धेरै जनाको संख्यामा भिड रहने धम्बोझी चोक, त्रिभुवन चोक, घरबारी टोल, सेतुबिक चोक, बसपार्क, फुल्टेक्रा, बिपी चोक लगायत नेपालगन्जका धेरै स्थानहरुमा प्रहरीको व्यापक सक्रियताले सधै झै हुने बबाल र दुर्घटना यो बर्ष भने भएन। प्रहरीका अनुसार एकआध घटना बाहेक त्यस्तो कुनै खाले अप्रिय घटना घटेन। केही छाडा हर्कत गर्ने युवा एबम मापसे गरेर होहल्ला गर्ने प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै बाँके ट्राफिक प्रहरीले विभिन्न ठाँउमा राखेको चेक पोइन्ट र ट्राफिक गस्तीले ठुलो सवारी साधनको त्यति उल्लंघन नभएको तर मोटरसाइकल भने धेरै कारबाहीमा परेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।
व्यापक रुपमा चेक जाँच गर्दा कसैले मापसे गरेर मोटरसाइकल चलाएको त कसैले तीन जना बसाएको भने कसैले बिना हेल्मेट चलाएको बमले बताए। बमका अनुसार १५० बढी मोटरसाइकल कारबाही परेको तर ट्राफिकको सक्रियताले कुनै दुर्घटना भएन। ट्राफिक प्रहरीले होलीमा बाँकेमा नियम उल्लंघन गर्ने मोटरसाइकलबाट करिब ८० हजार बढी राजस्व उठाएको छ।
गत साल होलीमा धेरै ठाँउमा बबाल, झै-झगडाको अवस्था सृजना हुँदा यो बर्ष प्रहरीको सतर्कता र विभिन्न स्थानमा गरिएको निगरानीले कुनै त्यस्तो अप्रिय घटना नभएको नेपालगन्ज १२ प्रेम सिंहले बताए।
नेपाल सरकारले समेत होलीमा समेत सचेत रहन आग्रह गरेकाले स्थानीयले समेत सचेत भएर होली खेलेको सिंहले बताए। नेपालगन्जमा सबैले होली सभ्य तरिकाले खेलेकोमा वडा प्रहरी प्रमुखले सबैलाई धन्यावाद समेत दिएका छन् ।



